सम्पर्क

Month: २०८० फाल्गुन १७ बिहीबार

काभ्रे प्रेस डककमका संवादाता भण्डारी सम्मानित

समाचार
पाँचौं ज्योति फिल्मस म्युजिक अवार्डमा काभ्रे प्रेस डककमका संवादाता दिनेश भण्डारी सम्मानित हुनुभएको छ । गत फगुन १२ गते शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न पाँचौ ज्योति फिल्मस् म्युजिक अवार्डमा भण्डारीलाई पत्रकारिता सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखि नेपाली गित संगित, कला र संस्कृतिको प्रवर्द्धनको लागि मोफसलमा रहि पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै रोयल म्युजिक प्रालिको प्रस्तुतिमा पाचौं ज्योति फिल्मस म्युजिक अवार्डमा भण्डारीलाई पत्रकारिता सम्मान गरिएको थिायो । उहाँ विगत ३ वर्षदेखि काभ्रे प्रेस डटकममा आवद्ध रहनुभएको छ । काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यता र रोयल मुभिज प्रालिका सञ्चालक निरेन श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको थियो ।...

इर्खूमा निर्माण भएकोे ला–नरुवोनको शालिक उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. ८ इर्खूमा निर्माण भएकोे ला–नरुवोनको पुर्णरुपका प्रतिमा–शालिक तथा वोन गुफा–ठिघ्याङ, गुम्बाको बुधबार एक समारोहका बिच उद्धघाटन भएको छ । तामाङ समुदायको आस्थाको धरोहर ला–नरुबोनको पुर्ण कदको सालिक सम्भवतः देशकै पहिलो र अग्लो पुर्ण कदको सालिक चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगर प्रमुख अमानसिंह तामाङको बिशेष अतिथ्यतामा उद्धघाटन भएको हो । उद्धघाटन समारोहमा नगर प्रमुख सापकोटा,वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गाल , लोकप्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बहादुर बस्नेतलागएतलाइ सम्मान समेत गरिएको थियो । मुल आयोजक समितीका संयोजक धन गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा १४वटै वडाका झाक्री झक्रीनीहरुले कामेर गुरु पुजामा सहभागी जनाएका थिए ।       कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख ...

जुगलबाट सामुदायिक बिद्यालयले सिक्नुपर्छ – उपप्रमुख थापा

ब्रेकिङ न्युज २, विचार, समाचार
निर्मल बस्नेत –चौतारा त्रिभुवन विश्वबिद्यालय (टियु) मा बिद्याबारिधी गरेपछि गरिने दिक्षान्तको झल्को दिनेगरि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको जु्गल बोर्डिङ हाईस्कुलले प्री प्राईमरीका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच दिक्षित गरेको छ ।बुधबार जुगल बोर्डिङ हाईस्कुलको कक्षा युकेजीबाट कक्षा एकमा प्रबेश गर्ने ४२ जना बिद्यार्थीहरुलाई गाउन र दिक्षान्त टोपीमा सजाएर कक्षाबृद्धिको कुरा उल्ललेख गर्दै फोटोसहितको मायाको चिनो र मार्कसिट प्रदान गरि दिक्षित गरेको छ । उँहाहरुलाई चौतारा साँगाचोकगढी नगरपासलकाका उपप्रमुख सीता थापाले दिक्षीत गर्नू भएको हो । साथै कक्षा नर्सरीबाट एलकजी ३६ र एलकेजीबाट युकेजीमा ५१ जना बिद्यार्थी कक्षाबृद्धि गराएको छ ।कार्यक्रमका प्रमुख आतिथी नगर उपप्रमुख सीता थापाले दिक्षान्त समारोहमा बोल्दै जुगल बोर्डिङले पछिल्लो समयमा सिकाई उपलब्धीको संगै भौतिक, शैक्षिक व्यवस्थापन...

राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।२ महिना अगाडीबाट देशभरबाट आएका नाटकहरु मध्ये उत्कृष्ट नाटकहरु छनौट गरी फाइनल चरणका नाटकहरु छनौट गरिएको आयोजक नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले बताउँनु भयो । ‘दोश्रो चरणको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । हामीले देशभर खुल्ला आब्हान गरी नाटकहरु माग गरेकोमा उत्कृष्ट ११ वटा नाटक फाइनलका लागि छनौट गरेका छौं ।’ अध्यक्ष रिमालले विद्यालय स्तरबाटै बालबालिकाहरुलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको बताउँनु भयो ।मेलामा कक्षा ८ देखि माथि अध्ययनरत विद्यार्थीहरुले ...

समाचार हुबहु सार्ने १८३ अनलाइन काउन्सिलको कारबाहीमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै गत आ.व. यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एण्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो । कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । ‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रुपमा दर्ता/सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ ।’ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।बुधवार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । ब...

वन जोगाउन नसके धेरै समस्या हुन्छः उपप्रमुख प्रधान

समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले वन जोगाउन नसके पछि धेरै समस्या हुने उहाँले बताउनुभयो । बुधबार तिते सामुदायिक वन उपभोक्ता समुह मेलम्ची –८ क्यौरानीको १७औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै जलयायु परिवर्तन र त्यसको अनुकुलको बिषयको बारेमा सबैले जानकारी लिन आवश्यक रहेको बताउनुभयो । विकास गर्दा वन बिनास भै रहेकाले यसमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । विकास पनि गर्ने र प्राकृतिक स्रोत पनि जोगाउन पर्ने उहाँको भनाइ थियो । यो वन उपभोक्ता समुहको अझै सफलताको कामना गर्नुभयो । आवश्यक प्रक्रिया पूरा गरि आए वनलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्वागत मन्तव्य राख्नुहुँदै बिदुर गिरीले उपभोक्ता सजग भै महत्वपूर्ण कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले इन्द्रावती चौथो जलविद्युत आयोजनाले वन लाई गर्न पर्ने सहयोग लगायत बिषयमा छलफल गर्न आग्रह गर्नु...

फटकशिला माविले मनायो ६४औं वार्षिकोत्सव

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका –१३ मा रहेको फटकशिला माध्यमिक विद्यालयको ६४औं वार्षिकोत्सव, अभिभावक भेला तथा पुर्व विद्यार्थी (एसईइ/ एस.एल.सी) पुनर्मिलन कार्यक्रम बुधबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरले ७ जनालाई प्राबिधिक पढ्न छात्रवृत्ति व्यबस्था गरिएको बताउनुभयो । उहाँले शिक्षण सिकाइ राम्रो बनाउन प्रधानाध्यापक बैठक गरि छलफल गरिएको उहाँले बताउनुभयो । उच्च शिक्षाका छात्रवृत्तिका लागि रु १५ लाख बजेट व्यबस्थापन गरिएको बताउदै उहाँले शिक्षाको लागि ९ करोड बजेट बिनियोजन गरिएको बताउनुभयो । स्थानीय पाठ्यक्रम लागू , दिवा खाजा अहिले १० कक्षा सम्म ब्यबस्था गरेको बताउदै अब स्रोतले भ्याए सम्म ११ र १२ मा पनि खाजा ब्यबस्था गरिने प्रतिबद्धता जनाउनुभयो । स्काउट, खेलकुद लगायतमा पनि नगरले उचित ध्यान दिरहेको उहाँले बताउनुभयो ।...

फोनिजले बुझायो सात दिने अल्टिमेटम पत्र, माग पुरा नभए तालाबन्दी गर्ने चेतावनी

समाचार
 निर्मल बस्नेत/चौतारा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा सिन्धुपाल्चोकले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षमा सत्यनारायण श्रेष्ठलाई कायम गर्न माग गरेका छन् । माग गर्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमार्फत महासंघ केन्द्र समक्ष पेश गर्न आग्रह गर्दै सात दिने अटिमेटम सहित ज्ञापन पत्र बुझाएको छ । फोनिजले उल्ललेख गरेको पत्रमा वि.स. २००८ बैशाख ९ गतेको पत्रकारको भेलाले सत्यनारायण श्रेष्ठको नेतृत्वमा नेपालपत्रकार संघ गठन गरेको, पछि २००९ बैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा पुर्नगठन गरिएको उल्ल्ेख छ । यता यी तथ्यहरुलाई नजरअन्दाव गर्दै सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मान्दै आएकोमा फोनिजले बिमती राख्दै आईरहेको छ । फोनिजले गलत इतिहास सच्याएर अग्रजको इतिहासलाई सम्मान गर्न महासंघ तयार नभएको आरोप लगाएका छन् । देशभरका जिल्ला शाखामार्फत एकै दिन ज्ञा...

दुई जना फरार अपराधि पक्राउ

समाचार
सिन्धुपाल्चोकका दुई जना फरार अपराधि पक्राउ परेका छन् । लुटपिट र चोरी मुद्दामा फरार रहेका दुई जना मंगलबार पक्राउ परेका हुन् । लुटपाट मुद्दामा ३ हजार दुई सय ७० जरिवाना भइ फरार रहेका सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१ का ७७ वर्षीय ज्याल्मो ग्रान्देन १२ वर्षपछि पक्राउ परेका छन् । यस्तै चोरी मुद्दामा ११ महिना कैद दश हजार जरिवाना भइ फरार रहेका पाँचपोखरी थाङपाल गाउँपालिका –२ का ३१ वर्षीय पासाङ गोले चार वर्षपछि परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले २ प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएकोमा कैद÷जरिवाना सजाय असुलका लागि अदालतले जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।...

स्व. बिनोद नेपालको जन्मदिनमा सिर्जनशिल बाल सेवा परिवारलाई पचास हजार सहयोग

समाचार
बिनोद नेपाल स्मृति फाउण्डेसनले सिर्जनशिल बाल सेवा परिवार, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९, काठमाण्डौलाई नगद रु.५०,००० (अक्षरेपी पचास हजार) सहयोग गरेको छ । स्व.बिनोद नेपालको जन्मदिनमा एक कार्यक्रमको आयोजना गरि ५० हजार सहयोगको चेक फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले सिर्जनशिल बाल सेवा परिवार संस्थाका संस्थापक अध्यक्ष उमादेवी बस्नेतलाई हस्तान्तरण गर्नुभएको थियो । यस वर्षको फागुन १४ गते स्व. बिनोद नेपालको जन्मदिन अनाथ वालवालिकाको हित गरी समाजमा उदाहरणीय रुपमा रहेको सिर्जनशिल बाल सेवा परिवारको प्राङ्गणमा एक कार्यक्रमका बिच मनाइएको हो । फाउण्डेसनले विभिन्न संस्थाहरुलाई सहयोग तथा दान प्रदान गर्दै आएको छ । उक्त अवसरमा बिनोद नेपाल स्मृति फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले यस प्रकारको सानो सहयोगबाट अनाथ बालबालिकाहरुलाई शिक्षादिने जस्तो महान कार्यमा यस संस्थालाई केही भ...