सम्पर्क

फोनिजले बुझायो सात दिने अल्टिमेटम पत्र, माग पुरा नभए तालाबन्दी गर्ने चेतावनी

 निर्मल बस्नेत/चौतारा

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा सिन्धुपाल्चोकले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षमा सत्यनारायण श्रेष्ठलाई कायम गर्न माग गरेका छन् ।
माग गर्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमार्फत महासंघ केन्द्र समक्ष पेश गर्न आग्रह गर्दै सात दिने अटिमेटम सहित ज्ञापन पत्र बुझाएको छ ।
फोनिजले उल्ललेख गरेको पत्रमा वि.स. २००८ बैशाख ९ गतेको पत्रकारको भेलाले सत्यनारायण श्रेष्ठको नेतृत्वमा नेपालपत्रकार संघ गठन गरेको, पछि २००९ बैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा पुर्नगठन गरिएको उल्ल्ेख छ । यता यी तथ्यहरुलाई नजरअन्दाव गर्दै सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मान्दै आएकोमा फोनिजले बिमती राख्दै आईरहेको छ । फोनिजले गलत इतिहास सच्याएर अग्रजको इतिहासलाई सम्मान गर्न महासंघ तयार नभएको आरोप लगाएका छन् ।
देशभरका जिल्ला शाखामार्फत एकै दिन ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुरुप फोनिज जिल्ला शाखा सिन्धुपाल्चोकका सचिव दिपेन्द्र घले र सल्लाहकार सुरेश कसजुले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठ, सचिव बिदुर आचार्य समक्ष अल्टीमेटमको साथ २०७९ सालमा बुझाएको ज्ञापन पत्रको स्मरण पत्र समेत संलग्न राखि पेश गरेका छन् ।
सात दिने अल्टीमेटम अवधिमा त्रुटी सच्याएर महासंघले फोनिजको माग पुरा नगरे देशैभरका महासंघका कार्यालयहरुमा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।