सम्पर्क

दुई जना फरार अपराधि पक्राउ

सिन्धुपाल्चोकका दुई जना फरार अपराधि पक्राउ परेका छन् । लुटपिट र चोरी मुद्दामा फरार रहेका दुई जना मंगलबार पक्राउ परेका हुन् ।
लुटपाट मुद्दामा ३ हजार दुई सय ७० जरिवाना भइ फरार रहेका सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१ का ७७ वर्षीय ज्याल्मो ग्रान्देन १२ वर्षपछि पक्राउ परेका छन् । यस्तै चोरी मुद्दामा ११ महिना कैद दश हजार जरिवाना भइ फरार रहेका पाँचपोखरी थाङपाल गाउँपालिका –२ का ३१ वर्षीय पासाङ गोले चार वर्षपछि परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले २ प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएकोमा कैद÷जरिवाना सजाय असुलका लागि अदालतले जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।