सम्पर्क

फटकशिला माविले मनायो ६४औं वार्षिकोत्सव

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका –१३ मा रहेको फटकशिला माध्यमिक विद्यालयको ६४औं वार्षिकोत्सव, अभिभावक भेला तथा पुर्व विद्यार्थी (एसईइ/ एस.एल.सी) पुनर्मिलन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरले ७ जनालाई प्राबिधिक पढ्न छात्रवृत्ति व्यबस्था गरिएको बताउनुभयो । उहाँले शिक्षण सिकाइ राम्रो बनाउन प्रधानाध्यापक बैठक गरि छलफल गरिएको उहाँले बताउनुभयो । उच्च शिक्षाका छात्रवृत्तिका लागि रु १५ लाख बजेट व्यबस्थापन गरिएको बताउदै उहाँले शिक्षाको लागि ९ करोड बजेट बिनियोजन गरिएको बताउनुभयो । स्थानीय पाठ्यक्रम लागू , दिवा खाजा अहिले १० कक्षा सम्म ब्यबस्था गरेको बताउदै अब स्रोतले भ्याए सम्म ११ र १२ मा पनि खाजा ब्यबस्था गरिने प्रतिबद्धता जनाउनुभयो । स्काउट, खेलकुद लगायतमा पनि नगरले उचित ध्यान दिरहेको उहाँले बताउनुभयो ।
त्यस्तै उप प्रमुख उमा प्रधानले सबैले मेहनत गरे मात्र शिक्षाको स्तर उकासिने बताउनुभयो । उहाँले नगरले शिक्षामा धेरै लगानी गरेको बताउदै अभिभावकको चासो महत्त्वपूर्ण रहेको बताउनुभयो । प्रधानाध्यापक हरिप्रसाद पौडेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालय स्थापनादेखि हालसम्मका विद्यालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मान गरिएको विद्यालयका शिक्षक केशव डोटेलले जानकारी दिनुभयो । त्यस्तै यस विद्यालयमा अध्यन गरि हाल नेपाल सरकारका अधिकृत पदमा रहेकाहरु लाई पनि सम्मान गरिएको थियो ।२०५६ सालका ब्याजले सबै कक्षामा पंखा सहयोग तथा सोही ब्याजका हाल अमेरीका रहनुभएका मदन घोरासैनिले एक लाखको अक्षय कोष स्थापना गर्नुभएकाले उहाँलाई सम्मान गरिएको थियो । त्यस्तै २०६१को ब्याजले ६५ हजारको अक्षय कोष स्थापना गरेका छन् । कार्यक्रममा मेलम्ची –१३ का वडा अध्यक्ष श्रीराम घोरासैनी, मण्डनदेउपुर नगरपालिका –६ का अध्यक्ष सोमनाथ ढकाल(कुमार) , नेपाल शिक्षक महासंघ मेलम्चीका अध्यक्ष शिवप्रसाद ढुंगाना लगायत राजनीतिक दलका प्रतिनिधि , शिक्षासेवी, विभिन्न विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापक लागायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थी तथा ख्याती प्राप्त कलाकारहरु सरोज लामिछाने, राजेश ढकाल लगायतले मनोरञ्जन प्रदान गर्नुभएको थियो ।त्यस्तै सुर्य प्रसाद ढकालको अध्यक्षतामा ३५ सदस्यीय फटकशिला माबी पुर्व बिद्यार्थी समाज तदर्थ समिती घोषणा गरिएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम दंगालको अध्यक्षतामा सम्पन्न भएको थियो ।