सम्पर्क

बिजनेस

तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
वेदकोट (कञ्चनपुर), २३ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आउनुभएको छ । सुरुआतमा उहाँ घरमा खानलाई मात्र तरकारीखेती गर्नुहुन्थ्यो । तरकारीखेतीबाट गतिलो आम्दानी हुन थालेपछि २०६५ सालदेखि खड्का व्यावसायिक रूपमा तरकारीखेतीमा जुट्नुभएको हो । तरकारीखेतीबाट मनग्य आम्दानी भइरहेको उहाँ सुनाउनुहुन्छ । “घरमै खानलाई दुई कट्ठा जमिनमा तरकारी लगाउँथेँ, धान, गहुँखेती गरिन्थ्यो । अहिले विस्तार गरेर दुई बिघामा लगाइएको छ”, खड्काले भन्नुभयो, “धान, गहुँखेती कम गरिन्छ । तरकारीखेतीमै लागिएको छ ।” उर्वर भूमिमा धानका बाला लटम्म झुलेका छन् । धानबाली काटेर तरकारी लगाउने तयारी छ । चार कट्ठामा लगाइएको तरकारीका बेर्ना तयार भएका छन् । तरकारीको बेर्ना पनि बिक्री गर्ने गरेको खड्का बताउनुहुन्छ । उहाँको परिवारमा १२ सदस्य छन् । तरकारीखेतीबाट हुने आम्दानीले घरखर्...

चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
धरान (सुनसरी), २२ भदौ : चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आउनुभएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्”, लिम्बूले भन्नुभयो, “खसीबोका रु पाँच हजारदेखि रु २५ हजारसम्ममा बिक्री गरिरहेको छु ।” लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गर्नुभएको छ । “व्यापारको टुङ्गो हँुदै...

खासामै रोकिए दसैँका सामान

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा दसैंलक्षित सामग्री बोकेका ७० वटा र फलफूल बोकेका २३ वटा गरी ९३ कन्टेनर लामबद्ध छन् । तातोपानीपारि चीनको व्यापारिक केन्द्र न्यालम र खासाको पार्किङ क्षेत्रमा १६ दिनदेखि कन्टेनर रोकिँदा दसैं लक्षित सामग्री र फलफूल समयमै नआइपुग्ने त्रासले व्यवसायी चिन्तित छन् । ‘दसैं आउन धेरै समय छैन, उता व्यापारीले हालेको सामान समयमै राजधानी आइनपुग्दा हामीजस्ता दर्जनौं व्यापारी पिरोलिन थालेका छन्,’ व्यवसायी कपिल पाख्रिनले भन्नुभयो । केही दिनअघि चीनको खासा र न्यालम क्षेत्रको पुनर्निर्माण अवस्था निरीक्षण गरेर आएका तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका निवर्तमान प्रमुख भन्सार अधिकृत दयानन्द केसीले कन्टेनर रोकिएको समस्याबारे चीनको जाङ्मु भन्सारलाई अनुरोध गरेको बताउनुभयो ।...

‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ नेपाल रेडक्रसको ६२औँ स्थापना दिवस

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १९ भदौ : नेपाल रेडक्रस सोसाइटीको ६२औँ स्थापना दिवस ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज देशव्यापी रूपमा मनाइएको छ । स्थापना दिवसका अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालय ताहचलमा रेडक्रसको झण्डोत्तोलन गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले मानवीय सेवामा अहोरात्र खट्ने रेडक्रसका स्वयंसेवक र कर्मचारीको योगदानको सराहना गर्दै सम्पूर्ण रेडक्रसकर्मी सदैव मानवीय सेवामा उत्रनुपर्ने बताउनुभयो । नेपाल रेडक्रसका उपाध्यक्ष राधा नेपालीले रेडक्रसका स्वयंसेवक र कर्मचारीको प्रभावकारी समन्वय र आपसी सहकार्यबाट रेडक्रसका गतिविधि सफल रूपमा कार्यान्वयन गर्न सहयोग पुगेको बताउनुभयो । सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रसमा करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवामा तल्लीन रहेको जानकारी दिनुभयो । हाल स...

युनियन स्थापना दिवसको अवसरमा बृद्धाश्रमलाई सहयोग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमाचौतारामा रहेको बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको छ ।नेपाल निजामती कर्मचारी युनियनन सिन्धुपाल्चोकले बृद्धाश्रमलाई चामल, दाल, तेल , चिउरा लगायतका खाद्य सामग्री सहयोग गरेको हो ।नेपाल निजामती कर्मचारी युनियनका निर्वतमान केन्द्रीय उपमहासचिव यज्ञराज अर्याल र जिल्ला अध्यक्ष तम्बर लामाले सँयुक्त रुपमा खाद्य सामग्री हस्तारन्तण गर्नु भएको हो। कार्यक्रममा निवर्तमान उपमहासचिव अर्यालले कर्मचारी युनियनले समग्र निजामती प्रशासनमा नेतृत्वदायी भुमिका खेल्दै अग्रणी राष्ट्रीय स्तरको ट्रेड युनियन रहेको बताउदै यसले निजामती कर्मचारीका पेशागत हकहितका अतिरिक्त नागरिक मैत्री सार्वजनिक सेवा प्रवाह र सामाजिक कार्यहरुमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेको बताउँनु भयो । २०६४ सालको परिवर्तन पश्चात नेपालको निजामती प्रशासनमा कार्यरत लोकतन्त्रमा आस्था राख्...

बार्षिकोत्सबको उपलक्ष्यमा रिलायवल द्धारा शैक्षिक सामग्री हस्तान्तरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको भाद्र १५ गते पर्न गएको सातौं बार्षिकोत्सबको अबसरमा शाखा कार्यालय चौतारा द्धारा सिन्धुपाल्चोक जुगल गाँउपालीका बिशिङ्खर स्थित श्री जुगल माध्यमिक बिद्यालयमा अध्ययनरत १८५ जना बिद्यार्थीहरुलाई शैक्षिक एवम खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष एवम सोही वडाका अध्यक्ष टंक तामाङ बिद्यालयका प्रधानाध्यापक सुकलाल तामाङ अन्य शिक्षक शिक्षिकाहरु तथा बिद्यार्थीहरुको उपस्थितीमा चौताराशाखाका शाखा प्रबन्धक लक्ष्मण बिष्टले हस्तान्तरण गर्नु भएको हो । वडा अध्यक्ष तामाङले रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडलाई धन्यबाद दिनुभयो । बिद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरणका साथै चौतारा शाखाले आफ्ना एजेन्सी म्यानेजर तथा रिलायबल एडभाइजर हरुको उपस्थितीमा केक काटेर बार्षिकोत्सब मनाएको हो ।...

सत्रौँ पुस्तकालय दिवस मनाइँदै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार
काठमाडौँ, १५ भदौ : प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सत्रौँ पुस्तकालय दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ । यही नाराका आधारमा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ । क...

व्यापारीहरुका हकहितका लागि व्यवसायीक एकता आवश्यक ःनगर प्रमुख तामाङ

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले व्यापारीहरुका हकहितका लागि व्यवसायीक एकता आवश्यक रहेको बताउनु भएको छ । उँहाले मेलम्ची नगर उद्योग वाणिज्य संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शुक्रवार उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले व्यापारीहरूको हकहित, सामाजिक कार्य र विपतको कार्यमा पनि उल्लेखनीय महत्त्वपूर्ण भुमिका उद्योग वाणिज्य संघको रहेकाले पनि व्यवसायीक एकता हुन आवश्यक रहेको बताउनु भयो ।   स्थानीय सरकार सामाजिक उत्तरदायित्वको हरेक क्रियाकलापमा हातेमालो गर्न तयार रहेको र मेलम्ची नगरको आन्तरिक राजस्व व्यवस्थापनमा समेत उद्योग वाणिज्य संघको प्रमुख भुमिका रहने भएकाले स्थानीय सरकार उद्योग वाणिज्य संघ सँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो । मेलम्ची नगरको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनु हुँदै नगर प्रमुख तामाङले मेलम्ची न...

बालबालीकाले जे सिकायो त्यही सिक्छन ः कुमारी

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
साना साना बालबालिकालाइ जे सिकायो त्यही सिक्ने हो त्यसैले सानासाना बालबालिकालाइ राम्रो र गुणस्तरिय शिक्षा सिकाइ दियो भने राम्रो हुने बागमती प्रदेस सभा सदस्य माननीय कुमारी स्याङ्तान(तामाङ ) ले बताउँनु भएको छ । उँहाले शिक्षकहरुको मेहनत अनी सकारात्मक शिक्षा सिकाइका कारण ठुला ठुला बैज्ञानीकहरु बन्न सक्ने बताउँनु भयो । उँहाले इन्द्रावती गाँउपालिका स्थित श्री ईन्द्रावती आधारभूत विद्यालय का बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गर्दै यस्तो बताउँनु भएको हो । ईन्द्रावती गाउँ पालिक वडा नं. १२भाङ्गटारमा रहेको उक्त बिद्यालयमा अध्ययनरत १३५जना बिद्यार्थीलाइ जित फाउन्डेसन नेपालको सहयोगमा उक्त समाग्रीहरु बितरण गरिएको हो । राप्रपा सिन्धुपाल्चोक जिल्ला निर्बाचन क्षेत्र नं २ प्रदेश क अध्यक्ष बाबुराम खड्का , प्रदेश क उपाध्यक्ष इन्द्र बहादुर अधिकारी , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय कोषाध्यक्...

मध्यभोटेकोसीको प्रसारण लाइन निर्माणमा सहमति जुट्यो

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १३ भदौ : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक क्षेत्र नं २ का सङ्घीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, वडाध्यक्ष, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच बुधबार भएको छलफलमा उक्त सहमति जुटेको हो । बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत् गृहको स्वीचयार्डबाट बाह्रबिसे–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर ...