सम्पर्क

सागीतिक प्रस्तुतीका लागी रेशम निर्दोष र सिमरन परियार कतारमा

दर्शन सुनार / लोकप्रिय दैनिक समाचार कतार
कतार देखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषको “प्रथम अधिवेशन”मा आफ्नो सागीतिक प्रस्तुति दिन अतिथी कलाकार कतार आईपुगेका छन् ।शुक्रबार कतारको मुन्ताजामा अवस्थित होलिडे भिल्ला होटेलको सभाहलमा मध्यान्ह १२ बजे देखि सुचारु हुने कार्यतालिका रहेको अधिवेशनमा आफ्नो सागीतिक प्रस्तुती दिन लोक तथा दोहोरी गायक रेशम निर्दोष र चर्चित गायिका सिमरन परियार र कलाकार/पत्रकार रचित पौडेल बुधबार राती कतार आईपुगेका हुन्।
नेपाल बाट आमन्त्रित अतिथी कलाकारहरुलाई भब्य स्वागत गर्नको लागी तदर्थ समितीका संयोजक सन्तोष पौडेल,बागलुङ सेवा समाज कतारका अध्यक्ष निराजन गौतम पत्रकार तिलु शर्मा पौडेल लगायत समाजमा आवद्ध रहेका अन्य पदाधिकारीहरु हमद अन्तराष्ट्रिय बिमान स्थलमा पुगेका थिए |”बागलुङ बासीको चाहाना,शान्त समृंद्ध स्वदेशको कामना” भन्ने मुल नाराका साथ बहुउद्देश्यीय अक्षयकोषको अभि वृद्धिको लागी बिविध साँस्कृतिक कार्यक्रम २०२५ सहित कार्यक्रमको आयोजना गर्न लागिएको हो ।कार्यक्रम संयोजक रमेश भट्टले अतिथी कलाकार कतार आईपुगे सगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको लोकप्रिय दैनिकलाई जानकारी दिनु भयो | आफ्नो सागीतिक प्रस्तुती दिन कतार आईपुगेका कलाकारहरुले कार्यक्रममा दोहाबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई  उपस्तिथीको लागी हार्दिक अनुरोध समेत गरेका छन् | कार्यक्रममा प्रवेश भने निशुल्क रहेको आयोजक संघले जानकारी दिएको छ |