तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा रहेको महिला विभागले गर्यो दाजुभाई सम्मान तथा भेटघाट
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारवासी तमूहरुको साझा संस्था तमू (गुरुङ) समाजको संरक्षकत्वमा स्थापित महिला विभागले शुक्रबार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजको महिला विभागका संयोजक तिलमाया गुरुङको सभापतित्व तथा तमू (गुरुङ) समाज कतारका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद गुरुङको प्रमूख आतिथ्यतामा फुलबारी रेष्टुरेन्टको सभाहलमा विभागले बैशाख पूर्णिमाको अवसर पारेर “दाजुभाई भेटघाट तथा सम्मान“ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमूख अतिथीको आसन ग्रहणसँगै समाजका संरक्षकहरु, सल्लाहकार तथा विशिस्ट ब्यक्तिहरुलाई ख्रेगी (फेटा) द्धारा सम्मान गरिएको थियो । तमूहरुको संस्कार र संस्कृति अनुसार बिधिगत रुपमा नेपालको राष्ट्रिय गान, गुरुङहरुको राष्ट्रिय गित, सहित ब्यानर अनावरण तथा दिप प्रज्वलन गर्दै कार्यक्रमको समुद्धघाटन गरिएको थियो । हरेक बर्ष बैशाख पूर्णिमाको अवसरमा मा...

