सम्पर्क

सङ्खुवासभा समाज कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा मादेन लिम्बु सर्वसम्मत

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
सङ्खुवासभा समाज कतारले “चौथो अधिवेशन” भव्य रूपमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष राजेन्द्र खनालको सभापतित्व तथा कोशी समन्वय परिषद् कतारका अध्यक्ष पदम कुमार घिमिरेको प्रमुख आतिथ्यमा खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्र बाट आगामी कार्यकालका लागी सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका वडा नं. १ का बिरेन मादेन लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा पदम प्रसाद सिम्खडा, प्रथम उपाध्यक्षमा भवानी शंकर पौडेल, द्वितीय उपाध्यक्षमा मान बहादुर तामाङ, महासचिवमा शिव कुमार खत्री, उप महासचिवमा सञ्जय के.सी सचिवद्वय उमेश सुबेदी र विक्रम निरौला कोषाध्यक्षमा प्रकाश लिम्बु, सह कोषाध्यक्षमा खड्ग बस्नेत, साहित्य संयोजकमा राज कुमार सुवेदी,महिला संयोजकमा कृष्णा राई निर्वाचित हुनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरूमा दीपेन्द्र कार्की,डम्बर अधिकारी,सञ्जीव तामाङ, टेक बहादुर कटुवाल, सञ्जीव कुमार श्रेष्ठ, विमला न्यौपाने,मीन कुमार कार्की,जीवन मते, गोविन्द मते,बिध्या न्यौपाने, कविता राई मादेन, पवन लिम्बु, भीम बहादुर श्रेष्ठ,पर्शुराम सुवेदी र सन्तोष निरौला रहनुभएका छन् । नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक केशव कार्कीले पद तथा  गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

विधिगत रूपमा ब्यानर अनावरण दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरिएको अधिवेशनमा समाजका प्रथम उपाध्यक्ष बिरेन मादेन लिम्बुले कार्यक्रमको मूल उद्देश्यको बारेमा प्रस्ट पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो । मादेनले “संखुवासभालीको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै प्रवासमा पनि आफ्नो सङ्खुवासभा जिल्लालाई कतारमा सबैको माझ नजिकबाट चिनाउन पाएको र सामाजिक एकतालाई बलियो बनाउँदै अगाडि बढेको बताउनुभयो ।

पूर्वी नेपालको सङ्खुवासभामा प्रचलित मारुनी नृत्य खड्ग बस्नेत,सिर्जना खनाल र ललिता विकले सामूहिकमा पेस गनुभएको थियो । समाजले दुई बर्से कार्यकालमा उत्कृष्ट कार्यसम्पादन गरेको कार्य प्रगति बिवरण् महासचिव पदम सिम्खडाले सभामा पेस गनुभएको थियो । संस्थाको मातहतमा रहेको पञ्चेबाजाले थप रौनक थपेको थियो ।

समाजका कोषाध्यक्ष शिव खत्रीले संस्थाको आर्थिक प्रतिवेदन पेस गरेको अधिवेशनमा संस्थाका संरक्षकहरू, सल्लाहकारहरू,पूर्व कार्यसमिति, आजीवन सदस्य, मानार्थ सदस्य, समाजसेवी, पत्रकार तथा कलाकारहरूलाई सम्मान पत्र,प्रशंसा पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।
खुल्ला सत्रको समापन गर्दै सभापति खनालले आफ्नो कार्यकाललाई सम्पन्न गर्न साथ सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा बाकी रहेका काम नयाँ कार्यसमितिले पूर्णता दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण महासचिव पदम प्रसाद सिम्खडाले गर्नुभएको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थित सहित मन्तव्य रहेको थियो ।