सम्पर्क

सांगितिक प्रस्तुति दिन कतार पुगेका दोहोरी गायक पन्थी गुल्मी सेवा समाजद्वारा सम्मानित

दर्शन सुनार,लोकप्रिय समाचार दैनिक, कतार

आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेका दोहोरी गायक बाबुराम पन्थी सम्मानित हुनुभएका छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको “११ औं महाधिवेशनमा प्रस्तुति दिन पुगेका गायक तथा सर्जक पन्थी सम्मानित हुनुभएको हुन् । कतारमा रहेका गुल्मेलीहरूको साझा संस्था गुल्मी सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गर्दै कलाकार पन्थीलाई सम्मान गरेको हो ।

गुल्मी सेवा समाज कतारका काःवा अध्यक्ष सुरज चन्द बोहोराको सभापतित्व तथा गायक पन्थीकै प्रमुख आतिथ्यमा “भेटघाट तथा सम्मान कार्यक्रम” सम्पन्न भएको हो । सम्मान कार्यक्रममा समाजका, संस्थापक सदस्य बाबुराम महत,समाजका काःवा अध्यक्ष सुरज चन्द बोहोरा, प्रमुख संरक्षक बुद्ध पाण्डेय, प्रमुख सल्लाहकार कमल अर्याल, सल्लाहकार कुमार अविरल पन्थी, लगायत अन्य व्यक्तित्वहरूले खादा ओढाएर सम्मान पत्र ग्रहण गर्दै सम्मान गरेका थिए ।

समाजका प्रमुख संरक्षक बुद्ध पाण्डेयले संस्थाको बारेमा प्रस्ट पार्दै गुल्मी सेवा समाज कतारले विगत लामो समयदेखि गृह जिल्लामा गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई समाजले छात्रवृत्ति अभियान तथा जिल्लामा आई पर्ने सामाजिक कार्यहरूमा समाजले हातेमालो गर्दै आइरहेको बताउनुभयो । पाण्डेयले गुल्मीमा रहेका कलाकारहरु समाज सगं जोडिन आग्रह समेत गरे । प्रमुख अतिथिको भूमिकामा रहेका दोहोरी गायक पन्थीले आफ्नो मन्तव्य बोल्दै गुल्मी सेवा समाज कतारले दिएको माया साथ र प्रेरणाले जीवनलाई थप ऊर्जावान् बनाएको बताउँदै सदैव माया,सम्मान,र सद्भाव जीवन्त मनमा रहिरहने बाचा गर्दै खुसी व्यक्त गनुभयो ।

सभापति बोहोराले गुल्मीको माटोले जन्माएको कला र संस्कृतिको जगेर्ना गर्ने राष्ट्रको गहना पन्थीलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्दै साङ्गीतिक यात्रामा उज्ज्वल भविष्यको शुभकामना समेत दिनुभएको थियो । प्रथम उपाध्यक्ष देव लम्सालले स्वागत मन्तव्य राखेको सम्मान कार्यक्रमको सहजीकरण सचिव कुमार राहादी मगरले गर्नुभएको थियो ।

गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मुल नाराका साथ सन २००३ मा कतारमा स्थापित समाजले कतार तथा गृह जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।