सम्पर्क

ठकुरी सहयोग सञ्जाल कतारले ११औं वार्षिकोत्सव भव्य रूपमा मनायो

दर्शन सुनार,लोकप्रिय समाचार दैनिक, कतार
ठकुरी सहयोग सञ्जाल कतारले वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।समाजका अध्यक्ष खगेन्द्र शाही ठकुरीको सभापतित्व तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक उपाध्यक्ष डा.देव काजी डगोंलको प्रमुख आतिथ्यमा शुक्रवार फूलबारी रेस्टुरेन्टको सभा हलमा “११औं वार्षिकोत्सव” २०२५ भव्य रूपमा मनाएको हो ।
सम्पूर्ण अतिथिहरूलाई नेपाली ढाका टोपी शिरमा सजाई दिएर सम्मान गर्दै विधिगत रूपमा वार्षिकोत्सव अवसरमा केक काटेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । कार्यक्रम संयोजक ईन्दिरा शाही ठकुरीले स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा प्रष्ट पारेको कार्यक्रममा कलाकार जिया हमालले स्वागत नृत्य पेस गर्नुभएको थियो । समाजले एक बर्षे कार्यकालमा उत्कृष्ट कार्य गरेको कार्यसम्पादन समाजका महासचिव सुरत शाही ठकुरीले पेश गर्नुभएको थियो ।
डिजिटल साइबर सेक्रुटीका प्रशिक्षक सन्दीप कुमार साहनीले पछिल्लो समय कतारमा हयाँकरहरुको बिगबिगी ह्वात्तै बढेको छ । हामीले सामाजिक सञ्जालमा पोस्ट गरेका आइडी कार्ड तथा लाइसेन्सबाट सजिलै विवरण थाहा पाउँछन् र हाम्रो एकाउन्टमा भएको रकम सबै ह्याक गरिदिन्छन् । कतारमा यस्ता घटना दिन प्रति दिन घट्दै गइरहेको र कुनै प्रलोभन देखाएर आइडी नम्बर बैक कार्डको पिन नम्बर मागेमा सचेत रहेर यस्ता घटनाहरूबाट बच्न सबैलाई आग्रह गर्नुभयो ।
बार्षिकोत्सव कार्यक्रममा आधा दर्जन भन्दा बढी कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । प्रस्तुति दिएका कलाकारहरूलाई सम्मान पत्र र पारिश्रमिक सहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख डगोंललाई समाजले स्टेजमै दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो । सम्मान पश्रांत आफ्नो मन्तव्य बोल्दै कतारमा पहिलो पटक स्थापना गरेको नेपाल सहयोग समाजको आफू अध्यक्ष रहेको र त्यो समाज स्थापना गर्दाको समयलाई स्मरण गर्दै दुखले स्थापना गरेको एनसिसी कतार आज दुई धारमा परिणत हुँदा दुख लागेको बताउनुभयो । ठकुरी सहयोग सञ्जाल नेपाल वैदेशिक विभाग प्रमुख रामु शाही ठकुरीलाई सम्मान गरिएको थियो ।
समाजका महासचिव सुरत शाहीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति शाहीले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न साथ सहयोग गर्नुहुने सम्पूर्णलाई एकमुष्टमा धन्यवाद व्यक्त गनुभयो । कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति सहित मन्तव्य रहेको थियो ।