दर्शन सुनार/ लोकप्रिय समाचार राष्ट्र्रिय दैनिक ,कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जा सहयोग समाज कतारको आयोजना नेपाली रक्तदाता सङ्घ कतारको समन्वय तथा समाजको मातहतमा रहेका इकाई तथा विभागको सह आयोजनामा शुक्रवार “बृहत् रक्तदान” कार्यक्रम सम्पन्न भएको हो ।
“रक्तदान जीवनदान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै कतारको हमद ब्लड डोनेसन सेन्टरमा गुल्मीका दिनेश शर्माले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ भएको थियो ।१५१, जनाको उपस्थिति रहेको कार्यक्रममा ७६ जना नेपालीहरूले रक्तदान गर्न सफल रहेको समाजका महासचिव रोशन अर्यालले लोकप्रिय दैनिकलाई जानकारी दिनु भयो । मानवीय तथा परोपकारी” कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण दाताहरूलाई सम्मान पत्र प्रदान गर्दै समाजका अध्यक्ष घनश्याम अर्याल जैसीले हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधि पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा अन्तिम रक्तदान समाजका अध्यक्ष घनश्याम जैसी अर्यालले गर्नु भएको थियो ।