सम्पर्क

कतारमा पत्रकार पौडेल सम्मानित 

दर्शन सुनार/ कतार
बिगत लामो समयदेखि कतारलाई कर्म थलो बनाउदै पत्रकारितामा सक्रिय रहनु भएका म्यादीका पत्रकार तिलु शर्मा पौडेल कतारमा सम्मानित हुनु भएको छ ।
शुक्रबार नवोदित साहित्यिक वाचनालयको “१७ औ अधिवेशनमा पत्रकार पौडेल सम्मानित भएका हुनु भएको हो ।नवोदित साहित्यिक वाचनालय कतारले आयोजना गरेका हरेक कार्यविधि तथा परियोजनालाई फोटो ग्राफर तथा सञ्चारको माध्यमबाट अतुलनीय योगदानको कदर गर्दै दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेको हो ।
लोक प्रियकर्मी सगं सवांद गर्दै पौडेलले आफुलाई सम्मान गर्ने संस्थाका सम्पुर्ण कार्यसमिति पदाधिकारी प्रति आभार व्यक्त गर्दै यो सम्मानले पत्रकारितामा दरिलो भएर कलम चलाउन थप उर्जावान र हौसला मिलेको बताउनु भयो ।
बिगत एक दशक देखि पत्रकारितामा सक्रिय पौडेल कतारमा सामुदायिक पत्रकारिता र मजदुरका समस्यामा सत्य तथ्य रुपमा अग्रपङ्क्तिमा रहेर कलम चलाउने पत्रकारको रुपमा चिनिनुहुन्छ ।