सम्पर्क

बाँके सेवा समाज कतारले “नवौँ वार्षिकोत्सव” भव्य रूपमा मनायो

दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार
बाँके सेवा समाज कतारले “नवौँ वार्षिकोत्सव” भव्य रूपमा मनाएको छ । शुक्रवार रेड चिल्ली रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष गोविन्द जङ्ग शाहको सभापतित्व तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रियका उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यमा अभिमुखीकरण कार्यक्रमसँगै वार्षिकोत्सव भव्य रूपमा मनाएको हो ।
संस्था स्थापित नवौँ वर्षमा प्रवेश गरेको अवसरमा केक काटेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । समाजका प्रथम उपाध्यक्ष हेमराज रिजालले कार्यक्रमको बारेमा प्रस्ट पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो ।

अभिमुखीकरणका प्रशिक्षक बिमल सुवेदीले व्यावसायिक सुरक्षा र स्वास्थ्य, डिजिटल सुरक्षा जागरूकता र मानसिक स्वास्थ्य जागरूकताको बारेमा प्रशिक्षक दिनु भएको थियो । सुवेदीले सेफ्टी सुरक्षा भनेको के हो, यसबाट बच्ने उपायहरू के के हुन, भन्ने विषयमा प्रशिक्षण दिनु भयो । उहाँले हामी कामदारको रूपमा कतारमा छौ । हामीले आफ्नो काम गर्ने ठाउँमा कुनै पनि समस्या भएमा सम्बन्धित निकाय तथा सुपरभाईचर, फोर्मेन, सेफ्टी अफिसियरलाई तत्काल सम्पर्क गर्न आग्रह समेत गर्नुभयो ।

सुवेदीले पछिल्लो समय कतारमा हयाँकरहरुको बिगबिगी ह्वात्तै बढेको छ । तपाईँहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका आइडी कार्ड लाइसेन्सबाट तपाईँको थप विवरण थाहा पाउँछन् र तपाईँको एकाउन्टमा भएको रकम सबै ह्याक गरिदिन्छन् । कतारमा यस्ता घटना दिन प्रति दिन घट्दै गइरहेको र कुनै प्रलोभन देखाएर आइडी नम्बर बैक कार्डको पिन नम्बर मागेमा सचेत रहेर यस्ता घटनाहरूबाट बच्न सबैलाई आग्रह गर्नुभएको थियो । कतारमा अत्यधिक गर्मी छ । गर्मीबाट बच्न के के उपायहरू अपनाउनु पर्छ, साथै चिन्ता तनाव अवसाद एक्लो पन निद्रा न आउनु यस्ता समस्या देखिएमा कतारको हेल्प लाइन नम्बरमा १६००० मा कल गरेर आफ्नो समस्या बताउन पनि आग्रह समेत गर्नुभयो ।

प्रशिक्षक हमिद खानले कतारमा बस्दा हामीले ख्याल गर्नु पर्ने कुराहरू ,कतारको नियम कानुनलाई पालना गर्ने कसरी पालना गर्ने, भन्ने विषयमा सचेत गराउँदै प्रशिक्षक दिनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा कतारमा स्थापित न्यून सङ्घ संस्थाहरूको उपस्थिति सहित मन्तव्य रहेको थियो ।
श्रमजीवीहरूको हक र हितका लागी अत्यन्तै राम्रो कार्यक्रमको आयोजना गरेको बताउँदै वक्ताहरूले प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा प्रशिक्षण दिएका प्रशिक्षक बिमल सुवेदी र हमिद खानलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

प्रमुख अतिथि राज रेग्मीले मन्तव्य बोल्दै प्राय कतारमा हुने कार्यक्रमहरूका ढाँचालाई परिवर्तन गरेर कतारमा रहेका नेपालीहरूको श्रमिकहरूको लागी थप टेवा पुग्ने कार्यक्रमको प्रयास गरेकोमा समाजलाई धन्यवाद व्यक्त गर्नु भयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारमा आबद्ध रहेका कलाकारहरूले लाइभ दोहोरो गीत समेत गाएका थिए । साङ्गीतिक प्रस्तुति दिएका कलाकारहरूलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

सभापति शाहले कार्यक्रमलाई समापन गर्दै आफूले समाजको नेतृत्व लिएपछि समाजले नेपाली श्रमिकहरूको लागी लाभदायक हुने कार्यक्रमहरू गर्दै आइरहेको बताउँदै कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको सहजीकरण गुमान सिंह खत्रीले गर्नु भएको थियो ।