दर्शन सुनार,लोकप्रिय समाचार दैनिक, कतार
ठकुरी सहयोग सञ्जाल कतारले वार्षिकोत्सव मनाउने भएको छ । समाजले आगामी शुक्रवार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा विविध सांस्कृतिक कार्यक्रमको साथमा ११औँ वार्षिकोत्सव २०२५ भव्य रूपमा मनाउन लागेको हो ।
समाजका अध्यक्ष खगेन्द्र शाही ठकुरीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको दिनु भयो । कार्यक्रममा स्थानीय कलाकारहरूको समेत साङ्गीतिक प्रस्तुतिसँगै साथमा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने समाजले जनाएको छ । मध्यान्ह १२ बजे देखी कार्यक्रम सुचारु हुने कार्य तालिका रहेको कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्था, समाजसेवी बुद्धिजीवी, कलाकार तथा पत्रकारहरूलाई निमन्त्रणा सहित कार्यक्रममा उपस्थित भएर भव्य रूपमा सफल बनाइदिन ठकुरी सहयोग सञ्जाल कतारले अनुरोध समेत गरेको छ ।
“सभ्य भाषा सभ्य संस्कृति हाम्रो पहिचान,शैक्षिक तथा आर्थिक समृद्धिको साथ सहयोग र सद्भाव सबैमा विश्वव्यापी हाम्रो अभियान” भन्ने मूल नाराका साथ कतारमा २०१४ मा स्थापना भएको संस्था कतारमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको छ ।
