सम्पर्क

खेलकुद

सिन्धुपाल्चोकमा पहिलोपटक दृष्टिबिहिनहरुलाई क्रिकेट प्रशिक्षण

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
निर्मल बस्नेत नेपाल नेत्रहिन क्रिकेट संघको आयोजान तथा सिन्धुपाल्चोक नेत्रहिनसंघको समन्वयमा ५ दिने क्रिकेट प्रशिक्षण संचालन भएको छ । जेठ ३० गतेबाट सुरु भएको यो प्रशिक्षण सिन्धुपाल्चोक जिल्लामा नै पहिलो पटक संचालन गरिएको हो । उक्त प्रशिक्षणमा श्री बनदेबी माध्यमिक विद्यालय चौतारामा अध्ययनरत छात्रछात्राहरु र अपाङ्गताको क्षेत्रमा योगदान गदै अन्य दृष्टिविहिनहरु सहभागि रहेका छन् । प्रशिक्षणमा गीता पौडेल र विमला राईले सहभागिलाई खेलको नियम र व्याटिङ गर्न सहयोग पुर्याउदै आएका छन् । आयोजक संस्था नेपाल नेत्रहिन क्रिकेट संघका केन्द्रय कोषध्यक्ष उपेन्द्र श्रेष्ठका अनुसार सात वटै प्रदेशस्तरमा संघको गठन भएको छ । र, नेपाल क्रिकेटमा दृष्टिबिहिन खेलाडीहरुमा छैटौ स्थानमा र महिला खेलाडीमा प्रथम स्थान ओगटेर चर्चा कम ाउन सफल भएको बताउनुभयो । उहाँका अनुसार आगामी असाढ ८ देखी ११ गतेसम्म १ नम्बर प्रदेशको आयोजनाम...

नमुना बन्दै मेलम्ची नगरपालिका

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि हासिल गरेका उपलब्धिका साथै पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । शनिबार मेलम्चीमा पत्रकार सम्मेलन गरी नगर प्रमुख आइतमान तामाङले नगरको उपलब्धि प्रस्तुत गर्नुभएको हो । यसरी एक बर्षे कार्यकालको उपलब्धी साबृजनीक गर्ने सिन्धुपाल्चोक जिल्लाको पहीलो पालिका बनेको छ । एक बर्षे कार्यकाल Final Draftपञ्च बर्षीय कार्यक्रमका बारेमा जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बिशेष गरी आफु निर्बाचित भए पछी सवारी चालक का साथै कार्यलय भित्रका कर्मचारी हरु आफु अनुकुल राख्ने चलन चली आएको भएता पनी मेलम्ची नगरपालिकाले भने पुर्बवत स्थितीमा नै कर्मचारी परिचालन गरिरहेको कारण पनी मेलमची नगरपालिका वित्तीय सुशासन जोखिम मूल्यांकन गुणस्तर परीक्षणमा जिल्लाभित्र प्रथम हुनुका साथै वाग्मती प्रदेशमा दोस्रो र नेपालमा नै टपटेन स्थानमा पर्न सफल भएको बताउँनु भयो । यसअघि नगरप...

सुनकोशी नदीमा विपत् उद्धार प्रदर्शन

खेलकुद, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
  बाढी, पहिरोमा परेर फसेका तथा डुबेकाहरुलाई उद्धार गरिने तरिकाको प्रदर्शन भएको छ । जिल्ला विपत् ब्यवस्थापन समितिले शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे स्थित सुनकोशी नदीमा आयोजना गरेको कृतिम घटना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विपत्मा उद्धार प्रदर्शन गरेका हुन् । मनसुनजन्य विपत्को हिसावले ग्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा मनसुनको सुरुवात पूर्व पूर्वभ्यास गरिएको हो । सुनकोशी नदीमा एक्कासी बाढी आई खेतमा काम गरिरहेका दुई जना कृषकलाई बगाएको, स्थानीयले प्रहरीलाई खवर गरेको र प्रहरी तथा उद्धार टोलीले उद्धार गरिएको घटना अभ्यास भएको हो । साथै पहिरोमा फसेका तथा डुङ्गा पल्टिएर नदीमा फसेकाहरुको उद्धारको पनि सफल उद्धार गरिएको अभ्यास भएको छ । सिन्धु पर्यटन ब्यवसायी संघको सहयोग, जिल्ला विपत् ब्यवस्थापन समितिको आयोजना र तीनै वटा सुरक्षा संयन्त्रको सहका...

अन्तरपालिकास्तरीय भलिबलको उपाधि मेलम्चीलाई

खेलकुद, समाचार
लामोसाँघु युवा क्लबद्वारा आयोजित अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिका ‘ख’ ले जितेको छ । आईतबार सम्पन्न भएको फाइनल खेलमा मेलम्ची नगरपालिका ‘क’ लाई मेलम्ची नगरपालिका ‘ख’ ले हराउँदै उपाधि हात पारेको हो । खेलमा मेलम्ची नगरपालिका ‘ख’ टीमले ‘क’ लाई १५–२५, २५–१६, २०–२५ र २०–२५ को सेटमा हराउँदै उपाधिमा कब्जा जमाएको हो । सिन्धुपाल्चोकका स्थानीय तहका १० टीमको सहभागिता रहेको प्रतियोगितामा हेलम्बु गाउँपालिका तेस्रो भएको थियो । जुगल गाउँपालिकाले सान्त्वना स्थान हात पारेको थियो । उपाधिसँगै विजेता मेलम्ची नगरपालिका ‘ख’ ले नगद एक लाख हात पारेको छ । दोस्रो भएको मेलम्ची ‘क’ ले नगद ६० हजारसहित ट्रफी हात पारेको छ । तेस्रो हुनेले ४० हजार र सान्त्वनाले १५ हजार नगद पुरस्कार जितेका छन् । प्रतियोगितामा मेलम्ची नगरपालिका ‘ख’ का सुरज खतिवडा उत्कृष्ट खेलाडी, इन्द्र कार्की उत्कृष्ट ब्लकर रमेलम...

पुरुष भलिबल प्रतियोगिता हुने

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मेलम्ची पुनः निर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा प्रतियोगिता गर्न लागिएको आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिनुभयो । शनिबार मेलम्चीमा आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २५ गतेदेखि पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिइएको हो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रू दुई लाख, रू एक लाख र रू ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । राम श्रेष्ठको प्रायोजनमा हुने उक्त प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।...

बलेफी कप बलेफीलाइ

खेलकुद, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बलेफी गाँउपालिकामा आयोजित चौथो बलेफी कप फुटबलको उपाधि आयोजक बलेफी गाउँपालिकाले हात पारेको छ ।सुनकोसी गाउँपालिकास्थित बसन्तपुर खेल मैदानमा भएको फाइनल खेलमा पाँचपोखरी थाङ्पाल गाउँपालिकालाइ ६ –५ गोल अन्तरले हराएर बलेफी गाउँपालिकाले उपाधि हात पारेको हो । शनिबार दिउँसो भएको बलेफि र पाँचपोखरि फाईनल खेल मा बलेफीले उपाधी हाता पारेको हो । प्रतियोगिताको विजेता टोलिले नगर १ लाख र उपविजेताले ५० हजार प्राप्त गरेको छ । चैत ४ गते देखि बसन्तपुर खेल मैदान सुनकोसी –७ मा भएको खेलमा जिल्लाका सबै १२ वटै पालिकाले सहभागिता जनाएका थियो।खेलपछि आयोजित समापन समारोहमा प्रमुख अतिथि बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ ले विजेता तथा उपविजेता खेलाडीहरुलाई बधाई एवं सम्मान प्रदान गर्दै पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रममा बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले पनि ...

नेपाल विश्वकप छनोटमा प्रवेश

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० लाई पराजित गर्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको यात्रा तय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले डकवर्थ लेविस पद्धतिका आधारमा युएईलाई नौ रनले हराउँदै आगमी जुन–जुलाइमा जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको यात्रा तय गरेको हो । यो जितसँगै नेपाल ४० अङ्कका साथ लिग–२ को तेस्रो स्थानमा उक्लियो र जिम्बावेको यात्रा तय गर्न सफल भयो । युएईले दिएको तीन सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालले खराब प्रकाशको कारण खेल रोकिँदा डकवर्थ लेविस पद्धतिका आधारमा जित हासिल गरेको हो । खेल रोकिनुअघि नेपालले ४४ ओभरमा छ विकेट गुमाएर दुई सय ६९ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेले । ...

सुनकोशीमा भएको नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि चौतारा नगरपालिकालाई

खेलकुद, समाचार
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा आयोजित नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजना र सुनकोशी गाउँपालिकाको सह–आयोजनामा यही शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले जितेको हो । चौताराले २५ स्वर्ण, ६ रजत र १२ कास्य जितेको थियो । त्यस्तै हेलम्बु गाउँपालिकाले ६ स्वर्ण, ७ रजत र १ कास्य पदक जित्दै टिम दोस्रो भएको छ । सह–आयोजक समेत रहेको सुनकोशी गाउँपालिकाले भने ५ स्वर्ण, ९ रजत र ४ कास्य पदक जित्दै टिम तेस्रो हुन सफल भएको छ । एथलेटिक्स, तेक्वान्दो, कराते, उसु,महिला र पुरुष भलिबल, कबडी लगायतका खेलहरु प्रतियोगीतामा सहभागी गराइएको थियो । विजयी खेलाडीहरु तथा स्थानीय तहलाई वागमती प्रदेशका पुर्व उद्योग,पर्यटन, वन ...

नगरस्तरीय अन्डर १३ फुटबल प्रतियोगिताको उपाधि जन विकासलाई

खेलकुद, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय अन्डर १३ फुटबल प्रतियोगिताको उपाधि जनविकास माध्यमिक विद्यालय साँगाचोकले हात पारेको छ । इर्खु स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखी सुरु भएको खेलको फाईनलमा सिद्धिकमला माध्यमिक विद्यालय पीपलडाँडालाई २–३ गोल अन्तरले पराजित गर्दै जनविकासले उपाधि उपाधि चुमेको होे । विजेता जनविकासले ट्रफीको साथमा नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त ग¥यो । उपविजेता सिद्धिकमलाले नगद ५ हजार रुपैयाँमा चित्त बुझायो । निर्धारित समयमा दुवै टिमबाट २÷२ गोल भएको थियो । जनविकासका उत्सव माझी खेलको म्यान अफ द म्याच घोषित भएका छन् । इर्खु स्पोर्टस क्लवका सुवास महत सर्वोत्कृष्ट घोषित हुँदा सेतीदेवी मावि ठूलोसिरुवारीका मनिष तामाङ उत्कृष्ट गोलकर्ता बनेका छन् । उहाँले प्रतियोगिताको एउटै खेलमा सात गोल गरेको थियो । यसैगरी सिद्धिकमलाका सञ्जिव रिसाल उत्कृष्ट डिफेन्डर र जनविकासका विश्वास माझी उत्...

नगरस्तरीय अण्डर १३ फुटबल प्रतियोगिता सुरु

खेलकुद, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका – ८ इर्खु स्पोर्ट क्लवको आयोजनाद्वारा आयोजित नगरस्तरीय अण्डर १३ फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले खेलकुद राष्ट्रको सान र पहिचान भएको बताउनुभयो । शारिरिक रुपमा स्वस्थ र अनुसाशित नागरिक तयार पार्ने थलो खेलकुद हो उहाँले बताउनुभयो । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष अमृत दंगालले प्रतियोगितामा धेरै खेल बिथोलिने समस्याहरु देखिएकोले अनुशासनलाई ध्यानमा राखि खेल खेल्न खेलाडीहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा वडाका सदस्य लगायतको उपस्थिती रहेको थियो । सोमबारबाट सुरु हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद दश हजार र दोस्रो हुनेलाई नगद पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । १३...