
सिन्धु पाल्चोक जिल्लाबाट अञ्जली तामाङ चीनमा सेप्टेम्वर २३ बाट हुन गइरहेको एसियाली तेक्वान्दो खेलकुद प्रतियोगितामा भाग लिन छनौट हुँनुभएको छ । सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिका–४ युमुनाडॉडा कात्तिकेकी अञ्जली तामाङ प्रतियोगितामा जान छनौट हुनुभए पछी जितको कामना सहीत बधाइ दिने काम भएको छ । सिन्धुपाल्चोक जिल्लाका बरिष्ठ पत्रकार त्रृmषीराम पौडेलले सामाजीक सञ्जाल मार्फत यात्रा सफलको कामना गर्नू भएको छ भने सोमबार गाउँबासीका तर्फबाट काठमाण्डौमा जितको अग्रिम शुभकामना दिदै यात्रा सफलातको कामना गरिएको छ । सुनकोशीको गाउँपालिकाको स्थानीय गणेश माध्यमिक विद्यालयमा १२ कक्षासम्म अध्ययन गर्नुभएका तामाङले यमुनाडॉडामै प्रशिक्षक रोहिन्द्र खड्काको प्रशिक्षणबाट तेक्वान्दो खेलमा प्रवेश गर्नुभएको थियो । बाग्मती प्रदेश सभा सदस्य अमृता नेपाल, अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा मुलुककैतर्फबाट छनौट भएकोमा शुभकामना व्यक्त गर्नुभएको छ उँहाले हामीले सामूहिक रुपमा थोरै भएपनि आर्थिक सहयोग पनि गरेका छौं भन्नु भयो । शुभकामना तथा भेटघाट कार्यक्रममा सुनकोसी गाउँपालिकाका अध्यक्ष्य टपिन्द्र तिमिल्सिना ले खेल जगतमा पहीचनाका सा आफ्नो गाँउपालिकाका चेलीले चिनमा गएर खेल खेल्न पाँउनु मा पालिका आफै लाइ गर्ब लागेको बताउँदै खेल जितेर पालिकाको शिर उच्च राख्न सफल हुनुहनेमा पनी आफु ढुक्क रहेको बताउँनु भयो । उँहाले पालिकाबासी का तर्फबाट उच्चमनोबलका साथ खेलमा भाग लिएर प्रतिस्पर्धामा जित हासिल गर्ने काममा सफलता होस भन्ने कामना गरिरहेको पनी सोअबशरमा बताउँनु भयो । बलेफी गाँउपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ, लगाएत वडाध्यक्षहरु उपस्थिती रहेको थियो । चीनमा सेप्टेम्वर २३ बाट हुन गइरहेको एसियाली खेलकुद प्रतियिोगितामा छनौट भएकी सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–४ युमुनाडॉडा कात्तिकेकी अञ्जली तामाङलाई गाउँबासीकातर्फबाट सोमबार जितको अग्रिम शुभकामना दिँदै यात्रा सफलातको कामना गरिएको हो ।
