सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा न. २ को आयोजनामा “ वडा वस्ती स्तरीय“ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । वडा बाल सन्जालकी अध्यक्ष दीपा सुन्दासको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी मेलम्ची नगरपालिका वडा न.२ का वडाअध्यक्ष नगेन्द्र प्रसाद खतिवडा र अतिथिहरूमा मेलम्ची वडा न २ का सम्पूर्ण जनप्रतिनिधिहरू , श्री जाल्पादेवी माध्यमिक विद्यालयका प्र अ हरिहर आचार्य , सम्पूर्ण पार्टीका पार्टी प्रतिनिधिहरू , टोल विकासका अध्यक्षहरू , विद्यालयका विव्यस अध्यक्षहरू , वडा न.२ मेलमिलाप सयोजक हर्क बहादुर तामाङ , ज्येष्ठ नागरिक मन्चका अध्यक्ष पदमनिधी खतिवडा हुनुहुन्थ्यो । वडालाइ बालमैत्री बनाउने विशेष उद्देश्यका साथ यी कार्यक्रमहरू आयोजना गरिएको हो । वडाले बालउद्यान को लागि पनि बजेट निर्धारण गरेर यो बजेटमा समावेश गरेको छ । फुटबल प्रतियोगिता मा प्रथम निवुगाउँ बस्ती बाल समुह , द्वितीय तल्लो जैसिगाउँ बस्ती बाल समूह , तृतीय माथिल्लो जैसिगाउँ बस्ती बाल समूह र चौथो सुयलछाप बस्ती बाल समूह भयो । प्रथम लाई पुरस्कार रू ४००० , द्वितीय लाई नगद रू३००० , तृतीय लाई नगद रू २००० र चौथोलाई नगद रू १००० साथै मेडल र प्रमाणपत्र प्रदान गरिएको वडा अध्यक्ष नगेन्द्र खतिवडाले जानकारी दिनुभयो । रेफ्रीको भुमिका नवीन खतिवडा र निराजन गिरीले गर्नुभएको थियो । कार्यक्रम सन्चालन वडासदस्य एवम कार्यपालिका सदस्य गोमा दुलालले गर्नुभएको थियो । कार्यक्रममा जाल्पादेवी माविको भित्तेपत्रीका पल्लवी वडाअध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले प्र अ हरिहर आचार्य , अतिरिक्त शाखा प्रमुख जीवन ढकाल र बाल क्लब अध्यक्ष अभिषेक खतिवडाले अनावरण गर्नुभएको थियो ।
