पृथ्वीजंग पाण्डे / बार्हबिसे नेपाल स्वास्थकर्मी युनियन बागमती प्रदेश कार्यसमितिको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रम बिहिवार काठमाडौको टेकुमा सम्पन्न भएको छ।
नेपाल स्वास्थकर्मी युनियनले बिजयादशमी ,दिपावली ,नेपाल सम्बत ,छठ तथा इद पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम बागमती प्रदेशका स्वस्थकर्मीहरुको उपस्थितिमा कार्यक्रम गरेको हो।कार्यक्रममा बागमती प्रदेशका स्वास्थ क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरे बापत प्रदेशका विभिन्न स्वास्थकर्मीहरु सम्मानित भएका छन। सिन्धुपाल्चोकको उत्कृष्ट कार्य सम्पादन गरे बापत उत्कृष्ट कर्मचारीको सम्मान पत्र प्राप्त गर्नेमा मेलम्ची नगर अस्पतालका ज्ञानेन्द्र सिग्देल , त्रिपुरासुन्दरी स्वास्थ शाखा प्रमुख चन्द्रनारायण साह र बार्हबिसे नगरपालिका बाट राज कुमार पौडेल सम्मानित हुनुभएको छ।यस अघि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको वार्षिक समिक्षा कार्यक्रम गरेको थियो। त्यो समिक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य शाखाहरुलाई पुरस्कृत गरिएको थियो । जसमा १२ वटा स्थानीय तह मध्ये त्रिपुरासुन्दरी गाउँपालिका प्रथम भएको थियो ।
