सम्पर्क

हिराहरिको सिनियर ग्रेडिङ सम्पन्न

 

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा हिराहरि तेक्वान्दो डोजाङ सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ भएको छ ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले रातो कालो पेटि र प्रथम डान कालो पेटी र दोस्रो डान कालोको ग्रेडिङ गरेको हो ।
रातो पेटीबाट रातो कालो पेटीमा रमेश श्रेष्ठ, शिभान्शु श्रेष्ठ , लाक्पा तामाङ ,साजन घले ,अमिशा तामाङ, आयुशी श्रेष्ठ उतिर्ण हुनुभएको छ भने रातो कालो पेटिबाट प्रथम डान कालो पेटीमा सदिक्षा घले, कुशल ढुङ्गाना र राफिका ढुंगेल र दोस्रो डान कालो पेटीमा आयान श्रेष्ठ उतिर्ण हुन सफल हुनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका — ५ का अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यता रवडा न. ५ वडा, सदस्य तथा पुर्ब खेलाडी समाजसेवी रामबहादुर घले को बिशेष अतिथ्यता हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले ग्रेडिङ लिनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले खेलकुदको बिकासका साथमा स्वास्थ्यको बिकास हुने हँुदा यसका लागी आफुले सँधै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । श्रेष्ठले खेलकुद बिकासका लागी गरिने हरेक सहयोगहरु मध्य पनी हिराहरीको यस्ता कार्यक्रम अझ बढी प्रभाबकारी भएकाले हिराहरि तेक्वान्दो डोजाङलाइ सहयोग गर्ने बताउँनु भयो । यसै गरी बिशेष अतिथी वडा सदस्य राम बहादुर घलेले प्रशिक्षार्थीहरुलाई आफ्नो खेलकुद जीवनको बारे सुनाउदै शुभकामना दिनुभयो ।