सम्पर्क

नाम मात्र होइन काम सहितको नमुना बन्यो सिद्धिगणेश मावि

 

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ मा रहेको श्री सिद्धिगणेश माध्यमिक विद्यालय शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा कहलिएको छ ।समयको परिवर्तनसँगै विद्यार्थीको आवश्यकताअनुसार बिद्यालयमा शिक्षकबाट शिक्षा सिकाइ गर्ने तरिका, बिद्यालयमा राखिएका सुचना बोर्ड अनी शिक्षक शिक्षिकाको लगनशिलता अनुशासन सबै पक्षबाट नमुना बनेको पाईएको छ ।
२०१५ सालमा स्थापना भएको विद्यालयले २०१९ माघ १९ गते सरकारी स्वीकृति प्राप्त गरेको थियो । सुरक्षा गार्ड सहित विद्यालयमा २५ जना शिक्षक शिक्षिकाले ३ सय ६८ जना बालबालीकालाई हरेक कक्षामा प्रोजेक्टर सहित स्मार्ट कक्षा सञ्चालन गर्दै आएका छन् ।विद्यालयका सहायक प्रधानाध्यापक तिलक बहादुर दङ्गालका अनुसार बिद्यार्थीलाई कसरी गुणस्तरिय शिक्षा प्रदान गर्ने भनेर बिद्यालयका प्रधानध्यापक राजकुमार यादव हरेक नयाँ नयाँ सोचका साथ अगाडी बढेकै कारण बिद्यालयको भौतिक तथा शिक्षण सिकाइको बिकास भएको हो । बिद्यालयको प्रयोगात्मक प्रतिभा देखाउँने नजिकै चौउरमा बिद्यार्थी पढाइ गरिरहेको बिषमा लोकप्रिय समाचारको जिज्ञासामा सहायक प्रधानाध्यापक दङ्गालले भित्र कक्षा कोठामा पढिरहेका बिद्यार्थीहरुले चौउरमा पढ्छु भनेको अबस्थामा यसरी खुल्ला ठाउँमा पनी पढाईने गरेको बताउँनुभयो ।२४ कोठे पक्की भवनसहित बिद्यालयमा कम्प्युटर ल्याव , विज्ञान प्रयोगशाला , गणित प्रयोगशाला ,पुस्तकालय , प्रशासनिक कक्ष तथा पठनपाठन कार्य भइरहेको उक्त बिद्यालयमा (रंगरोगन, कार्पेटिङ, सिसीटिभी जडान, डिस्पले बोर्ड, स्मार्ट टि.भि., किताव र जुत्ता राख्ने दराज, खानेपानी फिल्टर, इन्टरनेट, वेवसाईट निर्माण र प्रयोग, भित्ते लेखन समेत रहेको छ । त्यसैगरी विज्ञान र गणित विषयको प्रयोगशाला, र सामग्री खरिद, बालसुलभ फर्निचर निर्माण, लेखा तथा परीक्षा शाखा ब्यवस्थापन,खानेपानी ब्यवस्थापन,बालमैत्री खेलौनाको ब्यवस्था, पुस्तकालय तथा कम्प्यूटर (१८ वटा) ल्याब ब्यवस्थापन, गार्ड हाउस निर्माण, प्ले स्टेशनको ब्यवस्था,शिक्षक आवासको ब्यवस्था समेत रहेको छ ।विद्यालय प्रबेश गर्दे गर्दा बिद्युतिय हाजिरसँगै शिक्षक र बिद्यार्थीले पालना गर्नु पर्ने आचारसंहीता समेत टाँस गरिएको छ । साना साना बालबालिकालाई गुणस्तरिय शिक्षा सिकाइका लागी टेलिभिजनमा समेत चित्र देखाउँदै पढाउँदा बालबालिकाले पनी ध्यान दिएर पढ्ने गरेका छन् । बाल उद्यानको समेत व्यवस्था भएको बिद्यालय अहिले बागमती प्रदेस सरकारबाट नमुना बिद्यालयको रुपमा बिकसित भएको छ ।बिद्यालयको शैक्षिक सुधारका लागि बिद्यालय प्रशासन, बिद्यालय व्यवस्थापन समिति र अभिभावकहरुबीचको सहकार्यबाट बिद्यालयको भौतिक पूर्वाधारको मात्रै नभएर शैक्षिक गुणस्तरमा नै सुधार हुदै गएको छ ।         
पहिला पहिला जस्तो बिद्यार्थीहरु कक्षामा अनियमित पनि छैनन, सधैं नियमित आउँछन र प्राय सबै एकसाथ बिद्यालय आउने र शैक्षिक क्रियाकलापमा सहभागि हुँदा पनि छुट्टै आकर्षण हुँने गरेको प्रधानाध्यापक राजकुमार यादव बताउनुहुन्छ ।