सम्पर्क

मेलम्ची फट्टेको ह्युमपाइप बगाए पछी नागरिक समस्यामा

सिन्धुपाल्चोक, जिल्लाको मेलम्ची नगरपालिकाको बाढीले बगाएको फट्टेको मोटरेबल पुल तीन वर्ष बित्दा पनि निर्माण हुन नसकेपछी नगरबासी लाइ समस्या परेको छ । प्रदेस र सघंले पुल बनाउँनका लागी वास्था नगरे पछी नगरपालिकाको आफ्नै श्रोत बाट पुल बनाउँने तैयारी गरिरहँदा नागरिकलाइ तत्कालका लागी अस्थाइ रुपमा आबत जावत गर्नका लागी मेलम्ची नगर पालिकाले ह्युम पाइप राखेर सवारी साधन आवत जावतको व्यवस्था गरेको थियो । त्यो पनी बगाए पछी त्यस क्षेत्रका मानीसहरुलाइ झन समस्यामा पारेको छ ।   नेपालीहरुको महान चाड दसै तिहार नजीकीदै गर्दा बिगत तिन दिन देखी परेको अबरिल बर्षाका कारण मेलम्चीलाइ थप पिडामा पारेको छ । पुलमा बाढीले क्षति पु¥याएपछि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहीत स्थानीय जनप्रतिनिधिहरूले स्थलगत निरीक्षण गर्नु भएको थियो ।स्थलगत निरीक्षणपश्चात् नगरप्रमुख आइतमान तामाङले ‘तत्काल केही गर्न सक्ने अवस्था छैन‚ मौसम अझै केही दिन सक्रिय रहने हुँदा पानीे रोकीए पछि अवस्था हेरेर खोलामा ह्युम पाइप लाई व्यवस्थित गरिने बताउँनु भयो । अनुगमनमा उपप्रमुख उमा प्रधान ,वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा सदस्य नवराज दुलाल सशस्त्र प्रहरी मेलम्चीका प्रमुख राजेश फुयाँल, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख राजेन्द्र थापा,मेलम्चीका स्थानीय समाजसेवी नारायण सापकोटा लगायतको उपस्थिति रहेको थियो । मेलम्ची नगरपालिका–११ र ७ लाई जोड्ने पक्की पुल निर्माण नभएपछि उक्त स्थानमा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गरिएको थियो  । २०७८ साल असार १ गते हेलम्बुको भेमाथाङ पहाड सोरिएर आएको भीषण मेलम्ची बाढीले उक्त स्थानमा रहेको मोटरेबल पुलसहित दुई दर्जन पक्की र झोलुङ्गे पुल बगाएको थियो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पक्की पुल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारले बेवास्ता गरेको बताउँदै पुल निर्माणका लागि नगरकै स्रोतबाटै बहुवर्षीय योजना अन्तर्गत २६ करोड रुपियाँमा फट्टेमा पक्की पुल निर्माण गर्न लागिएको तामाङले जानकारी दिनुभयो । पुल निर्माण नहुँदा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी गाउँपालिकालगायतका ३० हजारभन्दा बढीले सास्ती खेपिरहनुपरेको छ ।