दसैं तिहार जस्ता चाडबाड नजिकिएसँगै बजारमा म्याद गुज्रिएका सामाग्री हुनसक्ने, अस्वभाविक मूल्यवृदि हुनसक्ने जस्ता सम्भावना मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजार अनुगमनलाइ तीब्र बनाएको छ ।
नगरको विभिन्न वडामा अनुगमन गरिरहेको नगरपालिकाले बुधवार मेलम्ची बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, सुरक्षा निकायका प्रमुख, वडाअध्यक्षहरू अमृत खनाल र चन्द्रबहादुर तामाङ, उधोग वाणिज्य संघका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागीता थियो । अनुगमनको क्रममा भेटिएका गुणस्तरहिन सामान नष्ट गरिएको थियो ।
