सम्पर्क

मेलम्चीभोटेचौर स्वास्थ्य केन्द्रमा प्रसूति सेवा

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर–१ स्थित शहरी स्वास्थ्य केन्द्र भोटेचौरमा प्रसूति सेवा सञ्चालनमा आएपछी स्थानीय हरुमा खुशी छाएको छ । मेलम्ची नगरपालिकाको हरेक गाँउमा स्वास्थ्य सेवा पुर्याउँने लक्ष्य अनुसार वडा नं १ को शहरी स्वास्थ्य केन्द्रमा बुधबारदेखि प्रसूति केन्द्र सञ्चालन गरिएकोवडा नम्बर १का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईले बताउानु भयो । उँहाले स्थानीय महिलालाई वडास्तरमै सहजरुपमा प्रसूति सेवा दिने उद्देश्यसहित प्रसूति केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उँहाका अनुसार सुत्केरी भएपछि आवश्यक जाँचको व्यवस्थासमेत गरिएको छ । प्रसूति केन्द्रबाट भोटेचौर १ र२ का महिला लाभान्वित हुनेछन्। प्रसूति सेवा सुरुभएसँगै अब अन्यत्र प्रसुती गराउँन एम्बुलेन्स तथा भाडाका सवारी सधन को व्यवस्था गरेर अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।