सम्पर्क

तिजको अवशरमा सञ्जालको चौतारामा दोहरी

सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगर महीला सञ्जालले तिज बिशेष कार्यक्रम गरेको छ । नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा,सभासद तथा महिला नेतृृ गंगा पराजुली र उप प्रमुख सीता थापाको विशेष आतिथ्यतामा सहिद स्मृति भवनमा नगरपालिकाका १४ वटै वडाहरुको महीलाहरुको उपस्थिती रहेको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र नगर स्तरीय महिला सञ्जालको आयोजनामा भएको तीज विशेष कार्यक्रमको अवसरमा खुल्ला महिला दोहोरी गीत तथा दर खाने कार्यक्रम भएको थियो । कार्यक्रममा आफ्रनो भनाइ राख्दै प्रमुख अतिथी नगर प्रमुख सापकोटाले परम्परा देखी चल्दै आएको रिती रिवाज र धर्मको सरक्षण गर्दै नगर महीला सञ्जालले दोहरी गितको कार्यक्रम राखेर मनोरन्जात्मक काम गरेकोमा खुशी ब्यक्त गर्दे मनोरन्जन पनी स्वास्थ रहने मुख्य आधार भएकाले मानीस स्वास्थ रहन पनी यस्ता कार्यक्रमको महत्व रहेको बताउँनु भयो । महिलाहरूले देखासिकी नगरी भड्किलो रूपमा नभै आफ्नो अवस्था हेरर तीज मनाउनु पर्ने भन्दै नगर प्रमुख सापकोटाले महिलाहरूले सीप सिकि आत्मनिर्भर बन्नु पर्ने बताउँनु भयो । कार्यक्रममा बिशेष अतिथी ,सभासद तथा महिला नेतृृ गंगा पराजुलीले महीला दिदी बहीनीहरु एकै ठँउमा बसेर दुख सुखका कुराहरु गरी एक आपसमा मेल मिलापको काम समेत गरेको यो तिज पर्बको आफ्रनै महत्व रहेको बताउँनु भयो । कार्यक्रममा अर्का बिशेष अतिथी नगर उपप्रमुख सिता थापाले हरेक कार्यक्रममा महीलाको सहभागीता रहन पर्ने ब्यवहारिक र कानुनी व्यवस्था बनाउँने अबस्था आउँनमा महीला दिदी बहीनीहरुको ठुलो भुमिका रहेको बताउँदै यो भुमिकाकालाइ अझm शसक्त ढङ्गबाट अगाडी बढाउँनका लागी यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउँनु भयो । नगर महीला सञ्जालकी अध्यक्ष निर्वतमान उपमेयर जानुका पराजुलीको सभापतीत्वमा भएको कार्यक्रको स्वागत मन्तब्य भने सञ्जालकी उपाध्यक्ष रिना श्रेष्ठले राख्नु भएको थियो । सञ्जालको सचिब तारादेबी रानाले सञ्चालन गर्नु भएको कार्यक्रममा वडा नं ५का वडाअध्यक्ष शिब कुमार श्रेष्ठ, नेपाल पत्रकार महासघंका अध्यक्ष जिबन श्रेष्ठ , राम प्रसाद गौतम लगाएतले शुभकामना दिनु भएको थियो ।