सम्पर्क

ऋण नतिर्ने सहकारीका ऋणीहरुको सेवा रोकीन्छ आइतमान तामाङ

 

सहकारीबाट ऋण लिएर नतिर्ने सहकारकिा ऋणीहरुलाई सहकारी सस्थाको अनुरोधमा स्थानीय सरकारले प्रदान गर्ने बिभिन्न सेवाहरु रोक्न सकिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ । उँहाले महिलाहरुको सहभागितामा संचालित इन्द्रावती महिला बिकास बचत तथा ऋण सहकारी संस्थाको १९ औँ बार्षिक साधारण सभाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।सोमबार आयोजित कार्यक्रममा उहाँले सहकारी संस्थाहरुको बिकासले ग्रामिण क्षेत्रमा रहेका आफ्ना शेयर सदस्यहरुको आर्थिक अबस्था परिवर्तनको लागि उल्लेख्य भुमिका खेल्दै आएकोमा खुशि व्यक्त गर्दै आगामि दिनमा पनि उत्पादनमुलक र व्यवसायमुलक क्षेत्रमा ऋण लगानी गर्न आग्रह गर्नुभयो । उहाँले उत्पादनमुलक ठाउँमा गर्ने लगानीमा नगरपालिकाले पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोहीे अबसरमा बागमति प्रदेशका पूर्व पशुपक्षिं बिकास राज्यमन्त्री इन्द्रमाया गुरुङ, मेलम्ची नगरपालिकाका पूर्व उपप्रमुख भगवति नेपाल लगायतले पछिल्लो पुस्तामा शिक्षित महिलाहरुले संचालन गरेको सहकारीको आर्थिक प्रगति सन्तोषजनक रहेको बताउनुभयो । साथै सहकारी मार्फत बिभिन्न रोजगारको सिर्जना हुने उत्पादनमुलक क्षेत्रमा जोडिन आग्रह गर्नुभयो । सहकारी संस्थाले यस बर्ष बिभिन्न क्षेत्रमा ऋण लगानी गरी दुइ लाख बयानब्बे हजार सात शय एकतिस रुपैया चौरासी पैसा खुद नाफा आर्जन गर्न सक्षम भएको कोषाध्यक्ष कालि वाइवा तामाङले जानकारी दिनुभयो । कार्यक्रम संस्थाको अध्यक्ष कल्पना चालिसेको सभाध्यक्षतामा संचालन भएको थियो ।