सम्पर्क

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले महिला स्वयंसेविकालाई प्रेसर नाप्ने उपकरण सहयोग गर्ने

विशाल श्रेष्ठ
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर महिला स्वास्थ्य स्वयंसेविका लक्षित सहयोग अभियान संचालन गरेको छ ।
“हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान” भन्ने मूल नाराका साथ स्थापित यस संस्थाले सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रेसर नाप्ने उपकरण सहयोगको लागी अभियान सुरु गरेको हो ।
सिन्धुपाल्चोकको धेरै ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा प्रेसरका बिरामी चेकजांच गरी उपचार गराउनका लागी अपरिहार्य उपकरण (ब्लभचयष्म क्उजथनmयmबलयmभतभच) को अभावमा कैयौं बिरामी रोगको उचित पहिचान तथा उपचार हुन नसकेको देखिएको हुंदा उक्त उपकरण खरिद गरि स्वास्थ्य स्वंसेविका हरुलाई बितरण गर्नको निमीत्त यस संस्थाले देश तथा बिदेशमा छरिएर रहेको सहयोगी मन हरुमा सहयोग को लागी अपिल समेत गरेको छ ।
प्रति सेट रु १८५० पर्ने उपकरण को लागि हालसम्म ७२ थान मात्र खरिद गर्न पुग्ने करिब १ लाख ४४ हजार रुपियाँ सहयोग प्राप्त भएको अध्यक्ष हरिकृष्ण न्यौपानेले बताउनुभयो ।
यस अभियानबाट संकलित सहयोगबाट श्रोतले भ्याएसम्म जिल्लाका सबै र दाताले इच्छ्याएको ग्रामीण भेगका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई यही आउंदो हरितालीका तिजको अवसर पारी हस्तान्तरण गरिने महासचिव उत्सव खड्काले बताउनुभयो ।