सम्पर्क

महेन्द्रोदय कप भलिबल प्रतियोगिता हुने

कुमार बस्नेत (अधिराज)
सुनकोसी गाँउपालिका वडा नं. ६ स्थित ११ कि.मि पाटिडाँडामा महेन्द्रोदय कप २०८० भलिबल प्रतियोगिता हुने भएको छ ।
जिल्लाकै भलिबलको ईतिहास बोकेको श्री महेन्द्रोदय माध्यमिक.विद्यालयको आयोजनामा उक्त प्रतियोगिता असोज २५ गतेदेखि सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम बिजेतालाई नगद २०,०००÷– (अक्षेरुपी बिस हजार) दोस्रो हुनेलाई नगद १०,०००÷– (अक्षेरुपी दस हजार) सहित ट्रफि, मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ ।
दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा सुनकोशी गाँउपालिका भरिका माध्यमिक बिद्यालयहरूबिच प्रतियोगिता हुने विद्यालय प्रधानध्यापक कृष्णप्रसाद दंगालले बताउनु भयो ।

उक्त प्रतियोगिताको लागि सुनकोसी– ६ निवासी रामलाल तामाङले नगद ५,०००÷– (अक्षेरुपी पाँच हजार) सुनकोसी– ५ निवासी पार्वति कार्कीले नगद ५,०००÷–(अक्षेरुपी पाँच हजार) सहयोग गर्नु भएको प्रधानध्यापक दंगालले बताउनु भयो ।