३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चौतारा वृद्धाश्रममा आश्रित १०४ बर्षीय तिलकुमारी पहरी सम्मानित हुनुभएको छ ।
चौतारा बृद्धाश्रममा वस्दै आउनु भएका पहरीलाई आश्रममा आयोजित एक समारोहका बीच सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । वृद्धाश्रम सेवा समिति चौताराद्वारा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा सांसद सापकोटाले वृद्धावृद्धाहरुलाई ससम्मान परिवारमा नै रहने वातावरण सिर्जना गर्नुपर्ने बताउनुुभएको छ ।
उहाँले वृद्धाश्रमको भौतिक विकासका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्क्त गर्नुभएको थियो । वृद्धाश्रम सेवा समिति चौताराको अध्यक्ष माया निराशीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा
जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, पूर्व सांसद कृष्णराज श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
