सिन्धुपाल्चोक जिल्ला बलेफि गाँउपालिका वडा न ६ मांखा स्थित श्री कुपकन्या माध्यमिक बिद्यालयमा ट्राफिक चेतनामुलक कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोकको प्रमुख उत्तम राज आचार्यको प्रमुख अतिथ्यतामा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हो । सोमबार बलेफि गाँउपालिका वडा ६ वडा कार्यालयको आयोजनामा र जिल्ला ट्राफिक कार्यालयको सहयोगमा उक्त जनचेतना कार्यक्रम भएको हो। वडा नं ६का वडा अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन ससमितिका अध्यक्ष तेज बहादुर पराजुली को अध्यक्षता मा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु , बिद्यालयका शिक्षकहरू,बिद्यार्थी, अभिभावकहरू लाइ ट्राफिक नियम तथा दुर्घटनाबाट बच्नका लागी कसरी यात्रा गर्ने लगाएतका चेतना मुलक बिषयमा जानकारी गराइएको थियो ।समाजसेवी रूम प्रसाद तिमल्सिना,बिद्यालयका प्र.अ फुल बहादुर तामाङ , को उपस्थिति रहेको थियो।कार्यक्रममा ट्राफिक नियम सम्बन्धि भिडियो देखाउदै ,ट्रफिक,संकेतहरू का बारेमा जानकारी दिइएको थियो ।
करिब २ घण्टाको अन्तरक्रिया गरि दुर्घटना कम गराउने र नियम पालना गराउन बिद्यार्थीले जानेका कुरा घर घरमा अभिभावकलाई बुझाउँन आग्रह गर्दै ट्राफिक प्रमुख आचार्यले जनचेतनामूलक प्रशिक्षण दिनुभएको थियो।२०० जना बिद्यार्थी रहेको सो बिद्यालयमा कक्षा १० सम्म पढाइ भै रहेको छ। २०जना शिक्षक शिक्षीका रहेको उक्त बिद्यालयमा अग्रेजि माध्यमबाट पाढाई भइरहेको बिद्यालयका प्रअ फुल बहादु। तामाङ्गले बताउँनु भयो । उँहाले बिद्यार्थीहरुलाइ कहिले स्वास्थ सम्बन्धि ,कहिले ट्राफिक सम्बन्धि ब्यावरिक शिक्षा पनि सँगै सिकाउदै अध्ययन अध्यापनका लागी सहज गरीदनु हुने वडा कार्यालयलाइ बिशेष धन्यबाद दिदै जनचेतनामूलक कार्यक्रम चलाई दिनु भएकोमा जिल्ला ट्राफिक कार्लयलाई धन्यवाद दिनुभयो ।कार्यक्रमका अध्यक्षता गरिरहनु भएका वडाअध्यक्ष तेज बहादुर पराजुली ले यो चेतना मुलक कार्यक्रम अति आबश्यक र ब्यवहारिक भएकाले अरू बिद्यालयमा पनि संचालन गर्नु पर्ने आवश्यकता रहेकाले यस्ता कार्यक्रमको आयोजना गरिदिन ट्राफिक प्रहरीलाइ अनुरोध गर्दै वडाको तर्फ बाट गर्न पर्ने सहयोग गर्नेे बताउनु भयो। ट्राफिक प्रहरी कार्यलय प्रमुख आचार्यले सडक दुर्घटना कमी मात्र होइन शुन्यमा ल्याउँन पर्छ भन्दै कहीले यात्री सँग पाँच मिनेट ट्राफिककार्यक्रम गर्नु भएको छ धने कहीले सवारी चालक सँँग २मिनेट ट्राफिककार्यक्रम चलाउँदै शिक्षक अभिभावक तथा सार्वजनीक स्थानहरुमा यस्तो चेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आउँनु भएको छ ।
