सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले अशक्तलाई एम्बुलेन्समा नै राखेर अशक्त परिचय पत्र दिनुभएको छ ।
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का बिगत १३ बर्षदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित भएर उपचार गर्दा उपचार सफल नभएर ओछ्यानमा पर्नु भएका जानुका थापालाई उहाँको परिवारले परिचय पत्र बनाउँनका लागी नेपाल रेडक्रस एम्बुलेन्स मार्फत नगरपालिकामा ल्याएका थिए ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले यस्ता अशक्तहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको र ल्याउँनै नसक्ने खाल ब्यक्तिहरुको घरमा नै गएर यो सुबिधा दिने आफ्नो योजना रहेको बताउँनु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका १४ वटै वडाका अशक्तहरुलाई नगरपालिकामा नै डाक्टर बोलाएर स्वास्थ्य परिक्षण गरी परिचय पत्र बितरण गरिएको थियो । सोमबार नगरपालिकाको कार्यालयमा २८ जनालाई अशक्त प्रिचय पत्र बितरण गरिएको हो । जसमा ‘क’ बर्गमा ६ जना ‘ख’ बर्गमा १४ जना र ‘घ’ बर्गमा ६ जना गरी जम्मा २८ जनाले परिचय पत्र लिएका चौतारा साँगाचोकगढी नगरपालिकाका महिला बालबालिकाका करिष्मा सापकोटाले जानकारी दिनुभयो । चौतारा अस्पतालका डा.रिना चौलागाइले स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
अशक्त परिचय पत्र निर्देशिका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका उप प्रमुख सिता थापाको संयोजकत्वमा सोमबार बसेको बैठकले परिचय पत्र बितरण गर्ने निर्णय गरेको महिला तथा बालबालिका शाखा प्रमुख दुर्गा ढुङ्गेलले जानकारी दिनुभयो ।
