काठमाडौं, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ को पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै शुरु गर्नु भएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रमकोशुरुमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टरराई, सुरक्षा निकायहरु, काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम दरबारमार्गबाट सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि ¥याली शुरू भई पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर सभामा परिणत भएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले ट्राफिक सचेतना सप्ताहले आमनागरिकमा ट्राफिक चेतनाको स्तर जागरित गर्न सक्षम हुने बताउनुभयो । सडक दुर्घटनाबाट नेपालले ठूलो क्षति वेहोर्दै आएको सन्दर्भमा यस्तो स्थितिलाई अन्त्य गर्नु र सके सम्म यस्तो स्थिती आउन नदिन सचेत हुन सबैको गम्भीर जिम्मेवारी रहेको बताउनुभयो । सडक दुर्घटनाबाट क्षेती हुन नदीने काम ट्राफिक प्रहरीको मात्र नभई सबै नागरिकको दाइत्व भएको बताउँनु भयो । उँहाले सडकको गुणस्तर, सडकको क्षमता, सवारी साधनको गुणस्तरीयता, सवारी चालक र अन्य समुदायको चेतना र आचरणले समेत सडक दुर्घटनाको न्यूनीकरणका लागि ठूलो भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उपत्यकामा चुनौतीको रूपमा रहेको ट्राफिक व्यवस्थापनका सम्बन्धमा नेपाल प्रहरी र सरोकारवाला पक्षहरूबीच सहकार्य अभिवृद्धिका माध्यमबाट सडक सुरक्षा कायम गर्दै आमनागरिकमा प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकासँगको संयुक्त आयोजनामा आयोजित यस सप्ताहले दुर्घटना तथा क्षति न्यूनीकरणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापन नागरिकको जिउ धनको सुरक्षासँग जोडिएको गम्भीर र महत्त्वपूर्ण क्षेत्रको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उहाँले बताउनुभयो । यस महत्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारीमा खटिएका ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक रहेको चर्चा गर्नुहुँदै उहाँले नेपाल प्रहरीले ल्याएको योजना कार्यान्वयनमा सडक प्रयोगकर्ता लगायत कानून कार्यान्वयन गर्ने पक्ष तथा सम्पूर्ण सरोकारवाला निकायहरूबाट सहयोग समन्वय र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, यातयाव व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल, राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, वरिष्ठ कलाकार हरिवंश आचार्य, काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सडक सुरक्षा बारेमा आ–आफ्नो धारणासहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयद्वारा निर्माण गरिएको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो ।
