सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले हरेक विकास तथा कार्यक्रमहरु पारदर्शीता र गुणस्तरिय हुन पर्छ भन्नु भएको छ । उहाँले गुणस्तर र मापदण्ड पुरा नगरेका कुनै पनी योजनाहरुको बिषयमा नगरपालिकाकाले सहयोग नगर्ने बताउँनु हुँदै , बिकास कार्यक्रम समयमा पुरा गर्ने, मापदण्डभित्र रहेर गुणस्तरिय काम गर्नेलाई नगरपालिकाकाले प्रोत्साहन समेत गर्ने बताउँनु भयो ।
उहाँले मेलम्ची, शिखरपुर नवलपुर सडकखण्डको अनुगमन गर्ने क्रममा यस्तो बताउँनु भएको हो । उहाँ लगाएत मेलम्ची, शिखरपुर नवलपुर सडक खण्डको सोमबार उपप्रमुख उमा प्रधान र प्रमुख प्रशासकिय अधिकृत निमेस मिश्र लेखा अधिकृत मुरारी पुडासैनी ससस्त्र प्रहरी बल मेलम्चीका प्रमुख डिएस्पी राजेश फुयाँल नगरपालिकाका प्राविधिक लगाएतले अनुगमन गर्नुभएको हो । अनुगमनको क्रममा प्रमुख उपप्रमुख गुणस्तर युक्त काम गर्न र काम समयमा नै सक्न अनुरोध समेत गर्नुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले समयमा नै काम सम्पन्न गरेपछी नागरिकलाई पनी सेवा लिन सजिलो हुने र सम्बन्धित निकायलाई पनी कामको अनुगमन गरी भुक्तानी दिन सहज हुने बताउँदै छिटो सक्ने नाममा गुणस्तहीन काम गर्न नहुने बताउनुभयो ।
