सम्पर्क

१०नं वडाद्धारा शिक्षक सँगै बिद्यार्थीलाइ सम्मान

सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० ले राम देबी माबीका छात्रा दिपीसा खड्का लगाएत आफ्नो वडाका उत्कृष्ट बिद्यार्थी , शिक्षक, र बिद्यालयलाइ नगद सहीत सम्मान गरेको छ ।                वडा नं १०को वडाअध्यक्ष निल बहादुर तामाङ सुमनको अध्यक्षता चौतारासाँगाचाकेगढी नगरपालिकाका सामाजीक बिकास शाखाका संयोजक तथा वडा नं १३का वडा अध्यक्ष राम प्रसाद गौतमको प्रमुख अतिथ्यतामा रामदेबी माध्यमिक बिद्यालयमा एक समारोहका आयोजना गरी उक्त सम्मान गरिएको हो । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी गौतमले कसरी शिक्षा सिकाइमा बढी भन्दा बढी उपलब्धी हासिल गर्न सकिन्छ भनेर नगर शिक्षा समितीले प्रअहरको मनोबल बढाउँनका लागी बिशेष भत्ताको व्यवस्था गरेको , शिक्षक कमी भएका माथील्लो तहका बिद्यालय माब िउमाबमिा पढाउँने तल्लो तहका शिक्षकलाइ थप पारिश्रमीकको व्यबस्था गरेको , सरकारले कक्षा ५ सम्म मात्र बिद्यालय दिवाखाजकालागी बजेटको व्यवस्था गरेको हुँदा नगरपालिकाले १कक्षा थप गरेर कक्षा ६ सम्म खाजाको व्यबस्था गरेको , नगरपालिकाभरकिा उत्कृष्ट शिक्षक बिद्यार्थीहरुलाइ सम्मान गर्ने गरेको , बिद्यालय दिवाखाजाका लागी अझ व्यवस्थित गर्नका लागी सहकार िसस्थाहरुलाइ पनी जिम्मेवारी बोझ हुने गरी सहकार िसस्थाहरुलाइ खाद्यन्न ढुवानीमा सहभागी गराइउका लगाएतका उपलब्धी मुलक कामहरुका बारेमा जानकारी गराउँदै सुबिधा सँग सँगै उपलब्धी हापसिल गर्नका लागी शिक्षक अभिभावक बिद्यार्थी सबै ले मेहनत गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा सम्मानीत हुनुहुने हरुमाराम देबी माबीका कक्षा ११मा उत्कृष्ट अङ्क ल्याएर बिद्यालय प्रथम भएकोमा छात्रा दिपिसा खड्कालाइ रु ५०००। नगद सहीत सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।यसै गरी सुकुटे माबी कक्षा ५का छात्रआभुष आचार्य र छात्रा क्रिष्टीना थापा मगर,र कक्षा ८का छात्र प्रशान्त नेपालीलाइ रु २०००। नगद सहति सम्मान पत्र र सोही बिद्यालयका एसइइमा उत्कृष्ट हुनुहुने छात्र प्रतिक नेपाली र छात्रा मन्दीरा तामाङ्गलाइ रु ४०००। नगद सहति सम्मानपत्र प्रदान गरिएको थियो । यसै गरी रामदेबी माबी कक्षा ८का छात्रा दिया तामाङले पनी रु ४०००नगदका साथ सम्मान पत्र पाउँनु भएको थियो । यसै गरी भिमसेन माबी कक्षा १२का छात्र करण महत र छात्रा रञ्जीता रम्तेल सम्मानीत हुनु भएको छ । उँहाहरु सबै सबै भन्दा उत्कृष्ट अङ्क ल्याउँनु हुने छात्र एवम छात्रा हुनुहुन्छ । यसै गरी रामदेबी माबी, सुकुटे माबी र बालहित आधारभुत बिद्याललयलाइ समेत सम्मान गरिएको छ । वडाबाट सम्मानीत हुनु हुने शिक्षक शिक्षीकाहरुमा रामदेबी माबीका मनीषा कार्की,श्यामबहादुर तामाङ,सागर श्रेष्ठ रिता दङ्गाल,नवराज जोसी,सुभद्रा काकी,निर्मला तिमिल्सिना,रहनु भएको छ भने सुकुटेमाबीका शिक्षक शिक्षीका हरुमा सित ागिरी , प्रतिभा घिमीरे,गिता खतीवडा,सिजैना थापा मगर,रोषन खड्का र हरीश्दन्त पन्त रहनु भएको छ । यसै गरी भिमसेन माबीका शिक्षक शिक्षीकाहरु मा झम्क घले,किरण वली,सुदिप गिरी,मोहन लाल श्रेष्ठ,शोभा खड्का,दिनेश आचार्य,नरेस खड्का,रहनु भएको छ । यसै गरी बालहित आधारभुत बिद्यालयका सुस्मा भण्डारी,प्रतिमा सुबेदी,रहनु भएको छ । वडा नं १०का वडाअध्यक्ष निलबहादुर तामाङले यसरी शिक्षा क्षेत्रमा गरेको सम्मानले शिक्षा सिकाइमा ठुलो योगदान पुग्नेपुर्ब बिव्यस अध्यक्ष कमल तामाङले बताउँनु भयो । वडा कार्यलयले कक्षा ५,८,१०,एसइइ,कक्षा ११र १२मा उत्कृष्ट हुने बिद्यार्थी र उत्कृष्ट अङ्क ल्याउँने बिषयगत शिक्षकहरुलाइ सम्मान गरिउको थियो ।सम्मन कार्यक्रमको सञ्चालन रामदेबी माबीका प्रअ केशव श्रेष्ठले गर्नु भृको थियो भने स्वागत मन्तब्य रामदेबी माबीका सहयक प्रअ सुभद्रा कार्कीले राख्नु भएको थियो । शुभकामना मन्तब्य राख्दै पुर्ब बिव्यस अध्यक्ष साधुराम खतिवडाले यस्तो ऐतिहासिक कार्यक्रम गर्दा अभिभावकहरु समेतको सहभागितामा कार्यक्रम राख्न सुझाव दिदै शिक्षा बिकासका लागि वडाको सबै शिक्षक बिव्यस र नगर,वडा शिक्षासमिति बिच बृहत् बहस गरेर शिक्षा बिकासमा अगाडि बढ्दाराम्रो हुनेबताउँनुभयो यसै गरी नेकपा माओबादिको वडा कमिटी सचिब कृष्ण बहादुर कार्किले हरेकबिद्यालयमा शिक्षक ,अभिभावक,जनप्रतिनिधि,बिव्यवस सबैको सहमति मा रहेर शिक्षा सिकाईमा लागि परे शिक्षाशिकाईमा सहजता हुने बताउनुभयो।नेकपा एमालेका नगर सचिववालयका सदस्य समेत रहनुभएका नेकपा एमालेका नेता झम्क नेपालले मानिसले जब हिड्न शुर गर्छन अनि मात्र यात्रा सम्भव रहनेछ भन्दै हरेक कार्य को शुभराम्भ गरे पछि मात्र सफल र असफलको फलदिने हुँदा यसको शूरवात गरेकोमा बिशेष धन्यबाद दिदै शिक्षा शिकाईमा उत्कृष्ट हुनेलाई यसरी सम्मान गरेकोमा शिक्षा सिकाईकाृ उपलब्धिहुने बताउँनुभयो।बिद्धयालहरको तर्पm बाट भिमसेन मनबिका प्रअ भिम कार्किले राम देबि माबि मा वडा स्तरिय कार्यक्रम गरेकोमा वडा परिवार हरुमा विशेष आभार प्रकट गर्दै यो कार्यक्रम एतिहासिक भएका बतउँनु भयो । मार्यक्रमका सभापती एवम वडा अध्यक्ष निल बहादुर तामाङले वडा भरि रहेका बिद्यालय हरु मध्य आधारभुत र माबिमा अध्ययनरत सबै भन्दा उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई सम्मान गर्न पाउँदा वडा कार्यलय खुशी रहेको बताउँदै आगामी बर्ष अझ बढीलाइ सम्मान गर्न पाउँने गरी अझ गुणस्तरिय शिक्षा हासिलका लागी बिद्यार्थी, शिक्षक र अभिभावक सबेै सँग अनुरोध गर्नु भयो ।