सम्पर्क

बैंकको रुपमा सहकारीलाई स्थापित गर्नुपर्छः नगर प्रमुख तामाङ

सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सहकारीलाई गाउँको बैंकको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको छ । शनिबार ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभामा उद्धघाटन गर्दे उाहाले यस्तो बताउँनु भएको हो ।   तामाङले सहकारीमा शेयर लगानी बढाउन र बचत बढाउन सदस्यहरुलाई आग्रह गर्नु हँदै शेयर र बचत वृद्धि भएमा संस्था मुनाफामा जाने र बोनस वितरण गर्न सकिने बताउनु भयो । उहाँले असल र खराब ऋणी पहिचान गरेर पुरस्कार र दण्डको व्यवस्था गर्न सहकारीलाई सुझाव दिनु भएको थियो । तामाङले सहकारीबाट ऋण लिएर नतिर्ने गरेमा सरकारबाट पाउने सेवा सुविधा बञ्चित गर्ने कानुनी व्यवस्था रहेको सदस्य हरुलाई जानकारी गराउनुभयो । यसरी कानुनले गरेको व्यवस्थालाइ कार्यन्वयन गर्नु स्थानीय सरकारको दाइत्व भएकाले पनी सहकारीको ऋण नतिरेको अबस्थामा सेवा सुबिधा रोक्यो भन्न पाइएन त्यसैले सहकारीि शेयर सदस्यहरुले क्रृण समयमानै तिर्न पनी आग्रह गनैु भयो । उँहाले सहकारीलाई व्यवस्थित बनाउन सकेमा किसानले सहज रुपमा ऋण पाउन सकिने भएकाले पनि यसको प्रवर्द्धनमा लाग्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष किरणदिप खड्काले सहकारीको संरक्षणमा स्थानीय सरकार निरन्तर लागिपर्ने बताउनुभयो । उाहाले वडामा रहेका सहकार िहरुले स्थानीय स्तरमा उत्पादनमुखी हुन जरुरी रहेको बताउानु भयो । कायृक्रममा साना किसान कृषि सहकारी संस्था बागमती प्रदेश समितिका सदस्य मित्रलाल चौलागाईले सहकारी संस्थाको औचित्य पुष्टि गर्नुभएको थियो । कार्यक्रममा सहकारी शाखाका अनिल सिग्देल लगायतको उपस्तिथिति रहेको थियो । सहकारी संस्थाका अध्यक्ष केशव बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा सचीव भेषबहादुर गिरिले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मेलम्ची नगरपालिका –९, ज्यामिरेमा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को अध्यक्षमा केशव विष्ट चयन हुनुभएको छ । संस्थाकोे पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशले पुनः विष्टको अध्यक्षमा १३ सदस्यीय संचालक समिति चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा भेषबहादुर कार्की, सचिवमा धर्मराज खड्का, सह– सचिवमा गोकुल धिताल र कोषाध्यक्षमा मन्जु बस्नेत निर्वाचित हुनु भएको छ । त्यसैगरी समिति सदस्यहरुमा प्रकाश खड्का, वालमुकुन्द अधिकारी, चनमती खड्का, देवराज गिरी, बिनिता खड्का, अम्बिका अधिकारी, शिवकृष्ण कटुवाल र कृष्णलाल गिरी निर्विरोध निर्वाचित हुनुभयो ।अधिवेशनले युवराज पुरीको संयोजकत्वमा संस्थाको लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । तीन सदस्यीय सुपरिवेक्षण समितिमा हितबहादुर तामाङ र सिताराम कार्की रहनु भएको छ ।