सम्पर्क

खेलकुद

सुरक्षा निकाय द्धारा शान्ती सुरक्षामा सहयोग गर्न अनुरोध

अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नपाली सेना, प्रहरी प्रधान कार्यलय ले शान्ती सुरक्षामा सहयोग गर्न देसबाीलाइ आग्रह गर्दै यस अबस्थामा केही अराजक ब्यक्तीहरुबाट हुन सक्ने सम्भाबीत खतारहरुबाट बच्नका लागी अनुरोध सेमत गरेको छ यसका लागी सेनाले आफ्नो घर वरपर कुनै उच्छृङ्खल क्रियाकलाप भएमा तत्काल खबर गर्न अनुरोध गरेको छ । जसका लागि हेल्पलाइन नम्बर ०१–५९७९००० मा फोन गरी जानकारी दिन सेनाले आग्रह गरेको हो । जेन–जी को आन्दोलनका कारण प्रधान मन्त्रीले राजीनामा समेत दिइ सक्दा पनी स्थिती निउन्त्रणमा नआए पछी नेपाली सेना ले देस,नागरिक, सार्वजनीक सम्पती सुरक्षाका लागी नेपाली सेना २४ गते राती १० बजे बाटै सुरक्षा निकायलाइ परिचालन गरेको हो । यसै बिच नेपाल प्रहरी प्रधान कार्यलय प्रहरी महानिरिक्षकको सचिवालय बाट पनी शान्ती सुरक्षा का लागी सबैमा अनुरोध गरेको छ ।  ...

छहारीको कठिन जित, सिन्धुपाल्चोक पराजित

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
चण्डीका नेपाली एन्फा महिला लिग छनोट अन्तर्गत मङ्गलबार च्यासल मैदानमा भएको खेलमा छहारी युवा क्लबले सिन्धुपाल्चोक फुटबल क्लबलाई १–० ले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ । खेलको १३औँ मिनेटमै सीमा रावलले गरेको एक मात्र गोल निर्णायक बन्यो । त्यसपछिका प्रयासहरू दुबै टोलीबाट भए पनि गोलको संख्या थपिन सकेन । छहारीका लागि यो जित सहज भने थिएन, तर टोलीले अन्तिम सम्मको संघर्षमा आत्मबल देखाउँदै तीन अङ्क बटुल्न सफल भयो । यो जितपछि छहारी समूह ‘ए’ मा तीन अङ्कसहित अघि बढेको छ, भने सिन्धुपाल्चोक हारको दोस्रो चक्रमा पुगेको छ ।...

हिराहरी तेक्वान्दो डोजाङ्गको जुनियर ग्रेडिङ सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङ्ग चौतारामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ Junior Belt Promotion Test सम्पन्न भएको छ । सिनियर खेलाडीहरु मेनुका श्रेष्ठ सचिन तामाङ, प्रवेश नेपाल , निभा श्रेष्ठ , युग काफ्ले, रेगिना गुरुङ , कृन्जल दंगाल तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे । साथै कार्यक्रममा सिनियर खेलाडीहरुको प्रमाणपत्र पनि वितरण गरिएको थियोे । ग्रेडिङमा सेतो पेटी तर्फ प्रान्जल श्रेष्ठ, ज्वाला तामाङ, आरोशी तामाङ, करिस्मा घले, एलिना दंगाल, पहेँलो पेटीतर्फ रेमन श्रेष्ठ डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ । सिन्धुपाल्चोक जिल्लाको सिनियर प्रशिक्षक, कालो पेटी छैठौं डान , डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले ग्रेडिङ लिइएको थियो ।...

बागमती प्रदेश नेपाल लोकतान्त्रिक खेलकुद संघमा कवे

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको प्रथम अधिबेशन सम्पन्न भएको छ । नेपाली काँग्रेस निक नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको आइतबार भक्तपुरमा भएको अधिवेशनबाट अष्ट कुमार कवे अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै, उपाध्यक्षद्वयमा तेजकुमार डंगोल र सुनिता मैनाली, सचिवमा उज्ज्वल श्रेष्ठ तथा सहसचिवहरूमा अमृत लुङ्घवा, गौरब बस्नेत, पूर्णबहादुर गुरुङ र निरज खड्का निर्विरोध निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा भने रविन्द्रमान महर्जन निर्वाचित हुनु भएको छ। यसैगरी, कार्यसमिति सदस्यमा सुमित्रा श्रेष्ठ, कविन ब्यन्जन्कार, भागवत खड्का, नवराज पाख्रिन, जनार्दन बस्नेत, केदार माझी, प्रकाश पाण्डे, राजेन्द्र घले, गोपालबहादुर तामाङ, सुक्रबहादुर माझी, तेजनारायण पसछे , बुद्धिमान स्यान्ताङ्ग गरिना आचार्य, राजेश राउत, विक्रान्त विस्ट, मिना पौडेल, विष्णुकुमारी बस्त्रेत, सरिता खड्की र स...

एशियन पावरलिफ्टिङमा आमाछोराको जित बाह्रबिसेमा खुशीयाली

खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ३ धार्पा को योञ्जन र उँहाको आमा झरना योञ्जन दुवै एशियन पावरलिफ्टिङ च्याम्पियनसिप–२०२५ का लागि नेपालको तर्फबाट सहभागी भएर बाह्रबिसे वडा नं ३ को नाम राख्दै देशको लागि ३ वटा मेडल ल्याउन सफल हुनु भएको छ । उँहाहरुलाइ वडा नं ३का वडा अध्यक्ष जिबन भण्डारीले सामाजीक सञ्जाल मार्फत खुशी ब्यक्त गर्दै हार्दीक बधाइ दिनु भएको छ । एशियन पावरलिफ्टिङ च्याम्पियनसिप–२०२५ मा बाह्रबिसे ३का आमा–छोरा झरना योञ्जन र अंकित योञ्जनले ३ पदक जित्न सफल हुनु भएको हो । श्रावण ३०, ३१ र भाद्र १ गते नेपाल प्रहरी क्लबमा सम्पन्न उक्त प्रतियोगितामा अंकितले २ र झरनाले १ गरी नेपालका लागि ३ पदक दिलाएको हो ।५६ केजी तौल समूहमा खुला महिला तर्फ झरना योञ्जनले कास्य पदक जित्नु भयो भने ६९ केजी तौल समूहमा १४–१८ उमेर समूह तर्फ अंकित योञ्जनले स्वर्ण पदक तथा खुला पुरुष तर्फ रजत पदक हात पार्नु भ...

अन्तर्राष्ट्रिय तेक्वान्दोमा मेलम्ची ७का ११ वर्षीय ससाङ लाई सिल्वर मेडल

खेलकुद, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका–७ का ११ वर्षीय ससाङ तामाङले थाइल्यान्डमा सम्पन्न हिरोस तेक्वान्दो इन्टरनेशनल च्याम्पियनसिप (पाँचौं ग्रुप) मा उत्कृष्ट प्रदर्शन गर्दै सिल्वर मेडल जितेका छन्। श्रेय अभि तामाङ र लाक्पा दिकि शेर्पाका छोरा ससाङले छोटो समयमै न्यु तेक्वान्दो गोकर्णेश्वर एकेडेमीबाट प्रशिक्षण लिएर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो परिचय बनाउन सफल भएका हुन्। प्रतियोगितामा २८ देशका करिब ३८ सयभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। कोच मुना मगरको मार्गदर्शनमा खेलेका ससाङले उत्कृष्ट प्रदर्शन गर्दै दोश्रो स्थान हासिल गरे। जितपछि उनले थाइल्यान्डमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै गौरवपूर्ण क्षण बाँडेका थिए। ससाङको यो उपलब्धिप्रति उनका परिवार, मेलम्ची नगरवासी तथा सम्पूर्ण नेपालीले खुसी व्यक्त गरेका छन्।...
तेक्वान्दो संघ–नेपाल सिन्धुपाल्चोकको नेतृत्वमा खड्का

तेक्वान्दो संघ–नेपाल सिन्धुपाल्चोकको नेतृत्वमा खड्का

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
तेक्वान्दो संघ–नेपाल सिन्धुपाल्चोकको नेतृत्वमा खड्कातेक्वान्दो प्रशिक्षक तथा पाँचौँ डान रोहिन्द्र विक्रम खड्काको अध्यक्षतामा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको सिन्धुपाल्चोक जिल्ला समिति गठन गरिएको छ । शनिबार सम्पन्न भेलामा केन्द्रीय अध्यक्ष महेश्वर फुयाँलको उपस्थितिमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। चार वर्षे कार्यकालका लागि गठित कार्यसमितिमा उपाध्यक्षमा प्रदीप तामाङ, सचिवमा कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रोजिना कार्की चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा बासुदेव भुजेल, मन्दिरा पहरी, राजीव कार्की, सुजन श्रेष्ठ र सूर्य खड्का रहेका छन् । नवगठित समितिले जिल्लामा तेक्वान्दो खेलको संरचनात्मक विस्तार र गुणस्तरीय प्रशिक्षणमार्फत नयाँ गति दिन प्रतिबद्धता जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले तेक्वान्दो मात्र नभई समग्र खेलकुदको...
प्रश्न: अबकाे बाटाे के हुनसक्छ ? उत्तर: कृषि ।

प्रश्न: अबकाे बाटाे के हुनसक्छ ? उत्तर: कृषि ।

कृषि, खेलकुद, जिबनशैली, राजनिती, विचार, समाचार, स्वास्थ्य
आजकाल म सबेरै उठेपछि किसानी नित्यकर्ममा लाग्छु । नित्यकर्म भन्नसाथ मानिसलाई लाग्छ पूजापाठ ।त्यसाे हाेइन । मेराे नित्यकर्म बाख्रा र कुखुराको हेरचाह । किसानी काम गर्दा कुनै याेगध्यान वा शारीरिक कसरत गर्नु नपर्नेरहेछ । काम गर्दा मन शान्त हुने र शारीरिक कसरत पनि पुग्ने मेराे अनुभव छ । कामपछि थकान मेट्न म पिँढीकाे सानाे तर टेढाे बेन्चमा बस्छु । त्यतिबेला सडकमा हिँड्ने काेही न काेही मसँग बाेलिहाल्छन् । नचिन्दा त बाेलिन्छ झन् चिनेका मानिस त बाेल्ने नै भए । खासमा मानिस बाेल्न नै पाे जन्मिएका हुनजस्ताे लाग्छ । काम गर्दा भएका केही मैला पाेशाकतिर हेर्दै साथीहरू भन्ने गर्छन् , तपाईं पढ्न पनि राम्रो थियाे । जनयुद्धमा हिँड्नेले के के गरिसके तपाईंको चाहिँ प्रगति भएन । प्रगति भन्ने शब्दले मेराे दिमागमा थुप्रै प्रश्न जन्मिन्छन् । प्रगति भनेको के हाे ? काम नगरी कुनै स्राेतबाट प्राप्त पैसाले घरगाडी सुनचाँ...

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
बागमती, ३ साउन : बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशतअर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ । प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्ज्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलन हुने लक्ष्य लिए...
ट्याग इन्टरनेसनल एकेडेमीको ब्रान्ड प्रतिनिधिमा रवि ओड

ट्याग इन्टरनेसनल एकेडेमीको ब्रान्ड प्रतिनिधिमा रवि ओड

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
गिता अधिकारीकाठमाडौं । नेपाली संगीतको लोकप्रिय रियालिटी कार्यक्रम ‘नेपाल आइडल’ मार्फत लाखौं दर्शकको मन जित्न सफल गायक रवि ओड अब युवा विद्यार्थीहरूको शैक्षिक यात्रामा मार्गदर्शकको भूमिकामा देखिने हुनुभएको छ । उहाँ ट्याग इन्टरनेसनल एकेडेमी परामर्श संस्थाको ब्रान्ड प्रतिनिधि बन्नुभएको हो ।सुदूरपश्चिमको गाउँबाट सुरु भएको रविको यात्रा, काठमाडौंहुँदै अमेरिका, अष्ट्रेलिया, जापानलगायत विभिन्न देशसम्म फैलिएको छ । उहाँ केवल गायक मात्र होइनन्, संघर्षशील जीवनशैलीका प्रेरणादायी पात्रसमेत हुनुहुन्छ । सांगीतिक यात्राबाट हासिल अनुभव र अन्तर्राष्ट्रिय पहुँचलाई उहाँले अब शिक्षा तथा परामर्श क्षेत्रमा प्रयोग गर्न थाल्नुभएको छ ।संस्थाका तर्फबाट व्यवस्थापक  रोजन रिसाल  ले भन्नुभयो, ‘रवि ओडजस्ता सच्चा र प्रेरणादायी व्यक्तित्वसँग सहकार्य गर्नु हाम्रो लागि गौरवको विषय हो । उहाँको अन्तर्राष्ट्रिय अनुभव, संगीत क्षेत...