सम्पर्क

जेनजी प्रदर्शनमा गोली हान्ने प्रहरी हो की अरु कोही ? छानबिन गर्नैपर्छ ः मोहन बस्नेत

नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा चलाइएको गोली नेपाल प्रहरीको होकी अरु कसैको हो भन्ने कुराको तत्काल छानबिन गर्न सरकारसँग माग गर्नु भएको छ ।
उहाँले जेनजी आन्दोलनमा भएको दमनको छानबिन गरेर दोषीलाई कडा कारवाही गर्न पर्ने समेत बताउँनु भयो । नेपाली काँग्रेस कांग्रेस सिन्धुपाल्चोक जिल्ला १ नम्बर क्षेत्रिय कार्यसमितिले शनिबार बाह्रबिसेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बेल्दै यस्तो बताउँनु भएको हो ।
बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरीले मात्रै नभएर अन्यत्रबाट पनि गोली चलेको आशंका गर्दै छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताउँनु भयो । ‘नेपाल प्रहरीको बन्दुकको गोलीले मात्रै बच्चा मरेका छन् कि बाहिरबाट आएका बन्दुकको गोलीबाट पनि बच्चा मरेका छन् भन्ने यो सरकारले छानबिन गर्नुपर्छ । उचित ढंगले सजाय दिन सक्नुपर्छ,’ भन्नु हुँदै केन्द्रिय सदस्य बस्नेतले जेनजीको माग सकारात्मक रहेको भएता पनि आन्दोलनका क्रममा बिभिन्न शक्तिले घुसपैठ गरेर जेनजीलाई नै बदनाम गराउँन खोजीउको आफुलाई लागेको बताउँनु भयो ।
उहाँले आन्दोलनको नाममा प्रहरीहरु मार्ने जस्ता घृणित काम भएको छ, आन्दोलनका नाममा भएको क्षतिपूर्ति मृतक प्रहरीका परिवारले पनि पाउनुपर्छ, आन्दोलनका क्रममा निर्दोष मानिसहरुमाथि कसले गोली चलाएको यसको छानबिन हुनपर्छ भन्नुभयो । बस्नेतले आफुहरु जेनजीकै पक्षमा रहेको निशुल्क शिक्षा रोजगारका लागी आफुले काम गरिरहेकोले सक्कली जेनजीले आफ्नो घर जलाएको नहुन सक्ने बताउँनु हुँदै आन्दोलनका क्रममा आफ्नो घर जलाए पनी आफु जेनजीको समस्यालाइ समधान गर्न लागी पर्ने बताउँनु भयो । उहाँले कसैले तर्सााउँन खोज्दैमा आफुलाई कुनै फरक नपर्ने उल्लेख गर्दै अव हिजोको भन्दापनि अझ प्रभावकारी र सक्रिय रुपमा आफ्नो कामलाई अघि बढाउने स्पष्ट पार्नु भयो। बस्नेतले “नेपाली कांग्रेसले यो देशमा २००७ साल, २०१७, १०३६, २०४२ र २०४६ सालमा समेत आन्दोलन भएर परिवर्तनको नेतृत्व गर्ने काम गर्यो, ती आन्दोलनले नेपालमा ठूलो परिवर्तन गर्ने काम गरेको थियो, तर अहिले जेनजेड आन्दोलनमा नेतृत्वविहिन भएको परिस्थितिले अराजक गतिविधिहरु बढेर धमिलो पानीमा माछा मार्ने काम भयो । बाह्य र देश द्रोही शक्तिहरुका साथै नेपालको हित नचाहने शक्तिहरु सक्रिय भए, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, संसद भवन लगायतका महत्त्वपूर्ण संवैधानिक संरचनाहरु जलाउने काम गरे, माओवादी आन्दोलनका कारण देश १५ बर्ष पछाडि धकेलिएको थियो भने यो आन्दोलनले देश ३० वर्ष पछाडि धकेलिएको छभन्नुभयो ।

कार्यक्रमलाई समबोधन गर्दे नेपाली काँग्रेस नेतृ बागमती प्रदेस सभाका सदस्य मसिना खड्काले जेनजी भनेकै आफ्नै परिबारका सदस्य हुन् । उनीहरुर्लाइ अभिभावकले दमन गर्नु उनीहरुले पनि सम्पती जलाउँने हिंसा गर्ने गरेको नभई जेनजी आन्दोलनका नाममा कसैले फाइदा उठाउँन खोजेको बताउँनु भयो । नेपाली काँग्रेस १ नं क्षेत्रीय सभापती तथा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जेनजीको नामबाट भउको आन्दोलनले क्षेती ब्योहेरोको नेपाल करिब ३० बर्ष पछाडी धकेलिएको महशुस भएको बताउँनु हुँदै नेपाली काँग्रसलाई जहिले निर्बचन भएपनी फरक नपर्ने आफ्नो क्षेत्रमा काँग्रेस सँधै अगाडी रहने बताउँनु भयो । उहाँले नजीकीदै गरेको चाडबाडमा हरेक कार्यकताले नागरिकको सुरक्षाका लागी गस्ती समेत गर्न र आफुहरुले पनि मादक पदार्थ सेवन नगर्न र अरुलाई पनि सेवन गर्न नदिन अनुरोध गर्नुभयो । उहाँले बिजया दशमी शुभदिपावली र छटको शुभकामनाम दिनु हुँदै सबैलाई उक आपसमा मिलेर चाड मनाउँन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी पार्टी परित्याग गरी बाह्रबिसे नगरपालिका वडा नं. ५ बाट चन्द्र बहादुर लामा, बेन्दारे तामाङ, कान्छा तामाङ, खडका बहादुर तामाङ, सुक्र बहादुर तामाङ, भिम राज तामाङ, कामी तामाङ, गुडुल बहादुर तामाङ, पूर्ण ब बहादुर तामाङ, भूपिन्द्र तामाङ, राम बहादुर तामाङ, दिपक घले, मिन बहादुर तामाङ, सिताराम तामाङ, तेज बहादुर तामाङ, जगत वाः तामाङ, जनक कुमारी तामाङ, दावा तामाङ, सर्मिला तामाङ, मोती माया तामाङ, साङ्मु तामाङ, विमल खत्री, निशा तामाङ, तुलीमाया तामाङ, उर्मिला तामाङ, विकरान्त तामाङ लगायतका युवाहरु सहीत काम व्यक्तिहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् नवप्रबेसीहरुलाई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतीलगाएतले स्वागत गर्नु भएको थियो ।