चण्डीका नेपाली
एन्फा महिला लिग छनोट अन्तर्गत मङ्गलबार च्यासल मैदानमा भएको खेलमा छहारी युवा क्लबले सिन्धुपाल्चोक फुटबल क्लबलाई १–० ले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ ।
खेलको १३औँ मिनेटमै सीमा रावलले गरेको एक मात्र गोल निर्णायक बन्यो । त्यसपछिका प्रयासहरू दुबै टोलीबाट भए पनि गोलको संख्या थपिन सकेन । छहारीका लागि यो जित सहज भने थिएन, तर टोलीले अन्तिम सम्मको संघर्षमा आत्मबल देखाउँदै तीन अङ्क बटुल्न सफल भयो ।
यो जितपछि छहारी समूह ‘ए’ मा तीन अङ्कसहित अघि बढेको छ, भने सिन्धुपाल्चोक हारको दोस्रो चक्रमा पुगेको छ ।
