बृहत् साहित्यिक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
रत्न राज्य क्याम्पस काठमाण्डौमा बृहत् साहित्यिक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत माघ १३ गते भएको उक्त कार्यक्रम प्रलेस बागमती प्रदेश कमिटीको आयोजनामा भएको थियो । सो कार्यक्रममा प्रगतिवाद र अपाङ्गता, वर्तमान सन्दर्भमा माक्र्सवाद, वर्तमान सन्दर्भमा माक्र्सवादी साहित्य जस्ता वैचारिक विषयहरु निर्धारण गरिएको थियो । यी विषयमा बोल्ने वक्ताहरुमा प्रलेसका पूर्व केन्द्रीय अध्यक्ष तथा हालका सल्लाहकारहरु डा. अमर गिरी, प्रा. डा. जीवेन्द्र देव गिरी हुनुहुन्थ्यो । अन्य वक्ताहरुमा प्रगतिशील लेख संघका सल्लाहकारहरु गोपी रमण उपाध्याय, सीता शर्मा, रामप्रकाश पुरी हुनुहुन्थ्यो । अर्का वक्ता तथा कार्यपत्र प्रस्तोता डा. गोविन्दप्रसाद आचार्य र टिप्पणीकर्ता निमग्ना घिमिरे हुनुहुन्थ्यो । सो कार्यक्रम प्रलेस, बागमती प्रदेशका अध्यक्ष डा.हरिप्रसाद सिलवालको अध्यक्षतामा र प्रलेस केन्द्रीय कमिटीक...
