सम्पर्क

अशोक पराजुलीको नेतृत्वमा प्रेस सेण्टर

 

सिन्धुपाल्चोक जिल्लाको पे्रस सेण्टरले आफ्नो सातौ जिल्ला अधिबेशनबाट अशोक पराजुलीलाइ सेण्टरको नेतृत्वको जिम्मेवारी दिएको छ। प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको चौतारामा शुक्रबार भएको सातौं जिल्ला अधिवेशनबाट पराजुलीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्ब सम्मत भएको हो।सातौ अधिबेशनले उपाध्यक्षमा शालिगराम दुलाल र दिलमाया खड्का, सचिवमा निर्मल बस्नेत, सह–सचिवमा युवराज गिरी र कल्पना श्रेष्ठ, कोषाध्यक्षमा केशव अधिकारी चयन हुनु भएको छ।सदस्यहरुमा मिलन तामाङ, निरुता श्रेष्ठ, अर्जुन विश्वकर्मा, रामकृष्ण पराजुली, सुवाष अर्याल प्रेम तामाङ रहनु भएको छ भने केन्द्रीय प्रतिनिधिमा जीवन श्रेष्ठ र दिनेश दुलाल सर्बसम्मत हुनु भएको छ । यसै गरी प्रदेश प्रतिनिधिमा टिका दाहाल, मणिसुन्दर कोइराला, दिपक खत्री र अस्मि स्याङ्तान चयन हुनु भएको छ। अधिवेशनको नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख, कृष्णप्रसाद सापकोटाले उद्धघाटन गर्नुभएको थियो ।सातौँ अधिवेशनमा माओवादीका केन्द्रीय सदस्य प्रेमप्रसाद सापकोटा, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश ईञ्चार्ज लक्ष्मण खड्का, नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुली, प्रेस सेन्टरका केन्द्रीय सचिव सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, पत्रकार महासँघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।