सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिकाको क्षमादेवी माध्यमिक बिद्यालयले आफ्नो बिद्यालयलाइ राष्टपती शिल्ड आचफ्नो निजी बनाएर इतीहाँसमा नै पहीलो रेकर्ड राखेको छ । क्षमा देबी माबीले माघ ३ र ४ गते सन्चालित बाह्रबिसे नगरपालिका स्तरिय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिभिन्न खेल बिधामा २० स्वर्ण , १६ कास्य र १५ रजत पदक सहित प्रथम स्थान हासिल गर्न सफल हुनुका साथै लागातार तेश्रो पटक प्रथम हुन सफल भै शिल्ड आफ्नो बनाउन सफल भएको हो । बिहीबार शुरु भएको खेल सुक्रबार सम्पन्न भएको थियो र बिहीबार खेलको उद्धघाटन समारोहको प्रमुख अतिथी बालकृष्ण बस्नेत रहनु भएको थियो भने बार्यक्रमको सभापतीत्व प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले गर्नु भएको थियो । बिशेष अतिथी उप पंमुख मन्जु तामाङ्ग रहनु भएको खेलको शुरुवातमा नगर प्रमुख बस्नेतले अनुशासित र व्यवस्थ्ीत खेल खेलेर खेलको बिकासमा सहयोग गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा बस्नेतले माननीय मोहन बहादुर बस्नेतको शिक्षा ,खेलकुदमा बिकास गर्नु भन्नु भएकाले नगरपालिकाले १२ सम्म निशुल्क शिक्षाको कार्यक्रम र दिवा खाजाकालागी थप बजेट व्यवस्था गरेको बताउँदै शिक्षा सिकाइमा उपलब्धीमुलक बनाउँनका लागी बजेटको खाँचो नहुने तर बजेट अनुसार शिक्षा सिकाइमा उपलब्धी मुलक हुन पर्नेमा जोड दिनु भएको थियो ।
यसै गरी बिशेष अतिथी नगर उप प्रमुख मन्जु तामाङले शैक्षिक बिकासमा नगरपालिकाले गरेको सहयोगलाइ बिद्यालयले पनी अझ प्रभाबकारी ढङ्गले सहयोग गर्न सके बाह्र्बिसे नगरपालिका शिक्षा क्षेत्रमा १ अझ अगाडी आउँने बताउँनु भयो । कार्यक्रममा सभापतीको आसन बाट बोल्दै प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले खेलकुद भनेको स्वास्थ्य को बिकास हो मानीस स्वास्थ्य हुन तिन चिजको आबश्यक पर्छ त्यस मध्य शिक्षा , स्वास्थय खानपान हो यो सबै पुरा गर्न अनुशासन चाहीन्छ यो अनुशसासन भनेको खेलबाटै शुरु हुन्छ त्यसैले खेल अनुशासित र मर्यादित हुन पर्छ भन्नु भयो ।
शिक्षा शाखा प्रमुख रोहीत भटटले सञ्चालन गर्नु भएको कार्यक्रममा उद्योग बाणीज्य सघका अध्यक्ष बुद्धराज बस्नेत कराते गुरु प्रेम भण्डारी बिद्यालयका प्रअ हरु नगर कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्षहरु लगाएका उपस्थितीमा कार्यक्रमको शुरु भएको थियो ।सहभागीहरुलाइ शिक्षा शाखाका सुदीप पराजुलीले स्वागत मन्तब्य राख्नु भएको थियो । यस सँगै भएको खेलको प्रतिस्पर्धामा नगरको ९वटा बिद्यालयले भाग लिएको थियो ।नगर शिक्षा अधिकृत रोहीत भट्टका अनुसार बाह्रबिसे नगरपालिकाको छैठौं राष्टपति रनिङ शिल्ड समारोहका सभाअध्यक्ष नगरप्रमुख बालकृष्ण बस्नेत प्रमुख अतिथिमा बुदराज बस्नेत, बिशिष्ट अतिथि नगर–उपप्रमुख मन्जु तामाङ, बिशेष अतिथिमा वडा नं ३ का वडा अध्यक्ष जिवन कुमार भण्डारी लगायत जन प्रतिनिधीहरु कार्यपालिकाका पदाधिकारीहरु ,विभिन्न बिधालयको शिक्षक,शिक्षिका बिधार्थी पुरस्कार बितरण गरिएको हो । उाहाका अनुसार छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ अन्र्तगत भएको प्रतियोगितामा क्षमादेबी माबी वडा नं ३ले स्वर्ण २० कास्थ १६ र रजत १५पदक गरी ५१पदकले पहीलो बनेको हो । यो सँगै तिन पटक शिल्ड पाए पछी क्षमा देबी माबीले स्थाइ रुपमा शिल्ड पाएको छ । यसै गरी शारदा माध्यमिक बिद्यालय वडा नं ४ले स्वर्ण १६ कास्थ १२ र रजत १३पदक गरी ४१पदकले दोश्रो बनेको छ । प्रतियोगितामा स्वर्ण ७ कास्थ ४ र रजत २पदक गरी १९पदकले सुनकोशी माबी वडा नं २ ले तेश्रो स्थान हासिल गरेको छ । यसै गरी नेपाल राष्टिय माबी वडा नं २ले स्वर्ण १ कास्थ २ र रजत ३पदक गरी ६ पदक पाएको छ । अर्काे कालीदेबी माध्यमिक बिद्यालय ६लेस्वर्ण १ कास्थ ३ र रजत १पदक गरी ५ पदक पाएको छ । यसै गरी सरस्वती माध्यमिक बिद्यालय ७ ले स्वर्ण ० कास्थ ५ र रजत ३पदक गरी ८ पदक पाएको छ । यसै गरी बच्छलादेबी माध्यमिक बिद्यालय ७ले स्वर्ण ३ कास्थ २ र रजत २पदक गरी ७ पदक पाएको छ । यसै गरी भद्रकाली माध्यमिक बिद्यालय ८ले स्वर्ण १ कास्थ २ र रजत ५पदक गरी ८ पदक पाएको छ । यसै गरी सरस्वती माबी ९ले स्वर्ण ४ कास्थ १ र रजत १पदक गरी ६ पदक पाएको छ । प्रतियोगितामा सहभागीहरुलाइ धन्यबाद दिदै समापन समारोहका सभापती समेत रहनु भएका नगर प्रमुख बालकृष्ण बस्नेतले खेल जगतको बिकास नै मानीसको स्वास्थ बिकास भएकाले यस तर्फ नगरपालिकाले बिशेष सहयोग गरिरहेको बताउँदै बिद्यालयहरुमा देसकै उत्कृष्ठ खेलाडी उत्पादन गर्नका लागी सबै लागी पर्नु पर्ने बताउँनु भयो । कार्यक्रमका प्रमुख अतिथी उद्योग बाणीज्य सघं सिन्धु पाल्चोकका अध्यक्ष बुद्ध राज बस्नेतले शिक्षा खेल र कृषी उत्पादनमा बाह्र्बिसे नगरपालिकाले गरेको सहयोग ले अरु पालिकामा भन्दा उपलब्धी मुलक रहेको बताउँनु भयो । बिशेष अतिथी नगर उप प्रमुख मन्जु तामाङले नगरपालिकाबाट गर्न पर्ने शिक्षा क्षेत्रका बिकासका लागी श्रोत र साधानले भ्याए सम्म सहयोग गरिरहेको बताउँनु भयो ।