सम्पर्क

जिबनशैली

आज हनुमान् जयन्ती मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३० चैत : प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान् जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, वुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया क्षेत्रमा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ । हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन्...

शिक्षक महासघको आन्दोल हडतालमा परिणत मेलम्ची नगरप्रमुखद्धारा माग पुरा गर्न सरकार सँग माग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि सुरु भएको काठमाडौं केन्द्रित आन्दोलनले मुलुकभरका शैक्षिक गतिविधि ठप्प भएको छ।     यसरी देसभरका शिक्षक हरु काठमाण्डौ जम्मा भएर बिभिन्न प्रकारले आन्दोलन गर्दै सरकार समक्ष आफ्ना माग पुरा गर्न दबाब दिदा समेत आन्दोलनरत शिक्षकहरूले आफ्ना मागहरूको सुनुवाइ नभएको जनाउँदै चैत २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरेका छन्, जसका कारण विद्यालयहरू पूर्णरूपमा बन्द भएका छन्।     यसरी शिक्षकहरु सबै आन्दोलीत हुँदा पनी सरकारले माग पुरा गर्ने तर्फ चासो नदेखाएको भन्दै नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले सरकारलाइ तत्काल माग बारे सम्बोधन गर्न निर्देशन दिनु भएको छ । यसै गरी नेकपा माओबादी केन्द्र लगाएतका राजनिती दलहरुले समेत माग सम्बोधन गर्न माग गरिरहेका छन । यता सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकाका प्रमुख...

हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोमा आधारित कृत्रिम घटना अभ्यास सम्पन्न

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  देब राज सुबेदी ,   सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिकामा रहेको जोखिमयुक्त समुदायहरुमा पहिरो सम्बन्धि कृत्रिम घट्ना अभ्यास गरिएको छ । अस्ट्रेलियन एड, प्राक्टिकल एक्सनको आर्थिक सहयोग र सामुदायिक विकास तथा वातावरण संरक्षण मंञ्च (सि. डि. ई. सि. एफ) को प्राविधिक सहयोगमा १० समुदायमा कृत्रिम घटना अभ्यासमा गरिएको छ । जस अन्तर्गत हेलम्बु गाँउपालिकाको बोल्दे, खर्केडाँडा, पातिङ र दलित बस्ती र पाँचपोखरी गाँउपालिकाको तिपेनी, दनुवार टोल, ढाँडखर्के, सियाले, गुन्सा, नेवार टोल, कृत्रिम घट्ना अभ्यास गरिएको हो । अभ्यास कार्यक्रममा रेडक्रस र नेपाल प्रहरीको सहकार्य रहेको थियो । पहिरो सम्बन्धि कृत्रिम घट्ना अभ्यासमा दुबै पालिकाका समुदायको व्यतिmहरुको उपस्थिति रहेको थियो । सिङ्गो सिन्धुपाल्चोक जिल्ला नै पहिरोको उच्च जोखिममा रहेको छ । जस अन्तर्गत हेलम्बु र पाँचपोखरी थाङपाल गाँ...

पत्रकार महासंघद्धरा आन्दोलनको तैयारी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासघंले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथिको आक्रमण र पत्रकार रजकको हत्याका सम्बन्धमासरकारलाई दिएको सात दिने अल्टिमेटम सकिएको सन्दर्भमा महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले आन्दोलनको तैयारी गरिरहेको छ ।   नेपाल पत्रकार महासघंको बैठकले त्यस सम्बन्धमा बिभिन्न निर्णय गरेको महास३का महासचिब राम प्रसाद दाहालद्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ ।उँहाद्धारा मङ्गलबार जारी बिज्ञेप्तीमा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण र पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा स्वतन्त्र छानबिन गरी सात दिनभित्र प्रेस स्वतन्त्रता हननमा संलग्नहरूमाथि कानुनी कारबाही, रजकका परिवारका साथै क्षति पुगेका सञ्चारगृहलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारको निःशुल्क उपचारका लागि नेपाल पत्रक...

अपाङ्गता समाबेशी भू– संरक्षण अभ्यास प्रवद्र्धन कार्यक्रमको समिक्षा वैठक इन्द्रावतीमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
अपाङ्गता समाबेशी भू– संरक्षण अभ्यास प्रवद्र्धन कार्यक्रमको परियोजना सल्लाहकार समिति तथा सरोकारवालाहरु बिच समिक्षा वैठक सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यता र उपाध्यक्ष शोभना तमाङको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यहाँ वडा नं ५ देखि १० सम्मका वडाध्यक्ष, सव डिभिजन वन कार्यालयका अधिकृत समुदायिक बन समुहका अध्यक्षहरु, अपाङ्गता भू–संरक्षण समुहका प्रतिनिधिहरु, पलिकाका बिषयगत शाखाका प्रमुखहरुको सहभागिता थियो । सो कार्यक्रममा परियोजना अन्तरगत भएका काम तथा प्रगतिहरु, भएका सिकाइ प्रस्तुत गरिएकोमा सहभागीहरुले यो राम्रो कार्यक्रमलाई निरन्तरता दिने बिषयमा जिज्ञासा र सुझाव दिनु भएको छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई जिबिकोपार्जनमा सहयोग त्यो पनि अर्गानिक विधि यो महत्त्वपूर्ण पक्ष छ । अहिलेको ठुलो समस्या बाँदर हट्ने जैबिक झोलको प्रयोग ब्यापकता...

बाढीबाट प्रभावित स्थानीय किसानहरूलाई मौरीपालनसम्बन्धी कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिका वडा नं. ६ तालामाराङमा बाढीबाट प्रभावित स्थानीय किसानहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले मौरीपालनसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा Prakriti Research Center (PRC) को सहकार्य र उत्तम मार्ग साना किसान कृषि सहकारी संस्था लि. को व्यवस्थापनमा, देबस्थली मौरी कृषि फर्म, तार्केश्वर–२ का सञ्चालक श्यामकृष्ण श्रेष्ठबाट उपलब्ध गरि ४५ वटा आधुनिक मौरीका घारहरू स्थानीय किसानहरूलाई प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष बालकृष्ण देउजाले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा मेलम्ची नगरपालिका उप–मेयर उमा प्रधानको विशेष उपस्थिति रहेको थियो । उप–मेयर प्रधानले मौरीपालनजस्ता साना तर प्रभावकारी उद्यमले गाउँघरमा वैकल्पिक आम्दानीका स्रोत खोल्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र वातावरण तथा जैविक विविधताको संरक्षणमा समेत सकारात्मक प्...

मेलम्ची नगरपालिकाको सिफारिसमा (-KMC_ ) मा निशुल्क शल्यक्रिया

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिका र काठमाडौं मेडिकल कलेज (-KMC_ ) को सहकार्यमा सिन्धुपाल्चोकको मेलम्चीमा गत फाल्गुन २६ गते आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट सिफारिस गरिएका विभिन्न रोगका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया गरिएको छ। शिविरमा स्वास्थ्य परीक्षणपछि गम्भीर शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूलाई छनोट गरिएको थियो। ती बिरामीहरूको काठमाडौं मेडिकल कलेजमा आवश्यक औषधि बाहेक सम्पूर्ण उपचार तथा शल्यक्रिया निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको हो ।   मेलम्ची नगरपालिकाको आयोजना तथा प्ःऋ को प्रविधिक सहयोगमा सञ्चालन भएको शिविरले धेरै बिरामीहरूको स्वास्थ्य सुधारमा योगदान पु¥याउने मेलम्ची स्वास्थ शाखाका प्रमुख पशुराम श्रेष्ठले विश्वास ब्यक्त गर्नु भयो ।यो कार्यक्रम विशेष गरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवासँग पहुँच सुनिश्चित गर्न सहकार्य लागि मेलम्ची नगरपालिकाक...

फस्टाउँदै योग साधना चौतारामा बृहत योग शिविर हुँदै

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
 विदुर आचार्य, चौतारा, चैत १७गते । सिन्धुपाल्चोक सदरमुकाम चौतारामा बृहत योग शिविर हुने भएको छ । पतञ्जली योग साधना केन्द्र चौताराको बार्षिकउत्सवको अवसरमा चैत १९–२१ मा चौतारामा शिविर हुने समितिले जानकारि दिएको छ । जिल्लाको प्रसिद्धस्थल आमा याङ्ग्रीमा  योग अभ्यास गरियो । मेलम्ची नगर योग समितिको आयोजनामा जिल्लाका साधकहरुले तीन हजार आठ सय मिटरको अग्लो स्थानमा साधना गरि योग साधनाको नवीन रुप प्रदान गरेका छन् । धार्मिक र पर्यटकले भरिने ठाउँमा योग साधकहरुले भरिदा आमा याङ्ग्रीको रौरनकता अलि फरक रह्यो । धार्मिक एवम पर्यटकीय रूपमा प्रसिद्ध आमा याङ्ग्रीमा भएको साधना र पदयात्राले स्वास्थ्य पर्यटनको प्रवद्र्धनको सुरुवात भएको छ । धार्मिक, मनोरञ्जन सँगै स्वास्थ्यको लागि समेत पर्यटनको संभावनालाई उजागर भएको हो । जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका साधकहरुले आमा याङ्ग्रीको शीरमा योग तथा ध्यान गरेका हुन् । ए...

मानवअधिकार एलाइन्स सिन्धुपाल्चोक द्धारा मानबअधिकार रक्षाको माग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
हिजो २०८१ चैत १५ गते काठमाण्डौमा पूर्व राजावादीहरुको आयोजनामा भएको हिंसात्मक गतिविधि र त्यसबाट उत्पन्न परिस्थिति प्रति मानवअधिकार एलाइन्स सिन्धुपाल्चोकको गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । मानवअधिकार एलाइन्स सिन्धुपाल्चोकका अध्यक्ष नातीबाबु धितालले आज बिज्ञेप्ती जारी गरी यस्तो ध्यानकर्षरण भएको जनाउँनु भएको छ । उँहा द्धारा जारी बिज्ञेप्तीमा नागरिकका नैसर्गिक अधिकारको उल्लंघन गर्ने, सञ्चार गृहहरुमाथि आक्रमण तथा आगजनी गर्ने, राजनीतिक दलका कार्यालयहरु तोडफोड गर्ने, निजि ब्यवसायहरु माथी लुटपाट गर्ने, सार्वजनिक तथा निजि सम्पत्ति तोडफोड गर्ने, कार्यस्थलमा खटिएका पत्रकारहरुलाई जलाएर हत्या गर्ने, मानवअधिकार रक्षकहरु माथि कुटपिट गरि आक्रमण गर्ने र आम नागरिकहरुमा त्रासदी सिर्जना गर्ने जस्ता अमानवीय र मानवता बिरोधी गतिविधिहरु हुनु अत्यन्त निन्दनीय र खेदजनक कार्यहरु हुन् । यस प्रकारका गतिविधिल...

सांगीतिक प्रस्तुतिका लागी पल,टक र स्मारिका कतारमा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
दर्शन सुनार/ लोकप्रिय दैनिक कतार ईस्लाम धर्मावलम्बीको महान पर्व ईदको अवसर पारेर "दि गोर्खाज ईन्टरटेन्मेन्ट हाउस  कतारको आयोजनामा सोमबार हुन लागेको " नेपाली ईद धमका २०२५" मा सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकारहरु कतार आईपुगेका छन । दोहाको अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा सोमबार मध्यान्ह १ बजे देखि सुचारु हुने कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन सुपरस्टार नायक तथा मोडल पल शाह,भर्षटायल गायक टंक तिमिल्सिना,चर्चित नृत्याङ्गना तथा मोडल स्मारिका ढकाल शनिबार राती कतार आईपुगेका हुन । नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुलाई भब्य स्वागत गर्नको लागी कार्यक्रमका इभेन्ट म्यानेजर राकेश श्रेष्ठ,कार्यक्रम संयोजक तिलु शर्मा पौडेल,नेपाली फिटनेस टिम कतारका अध्यक्ष कृष्ण सुनार लगायत अन्य ब्यक्तित्वहरुहमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।"दि गोर्खाज ईन्टरटेन्मेन्ट ह...