सम्पर्क

जिबनशैली

टिफर पार्किङको लागि सहजिलो भएको छ,साधी खोल्चा पुल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्थित बाह्रबिसे बजार र खोर्सानी वारि जोडने पक्की पुल “टिफर पार्किङ बनेको छ । २०७५ साउन ३० गते साधी खोल्चामा आएको बाढीको कारण क्षेती भइ निर्माणधित पक्की पुलमा हिजो आज माल बाहक गाडी र टिफर पार्किङको लागि सजिलो भएको छ। २०७५ साउन ३० गते पुर्ण रुपमा साधी खोल्चाले बगाएको पक्की पुल पुन निर्माणका लागि विभिन्न नेताहरुले बचन बद्धता गरे पनि बल्ल तल्ल पुल बगाएको ३÷४ बर्ष पछि पुन निर्माणको प्रयास गरिएको थियो ।पुन निर्माण गर्दै गर्दा पटक पटक प्राबिधिक त्रुटिका कारण निर्माण स्थागित हुँदै अगाडि बढेको निर्माण कार्य केही बर्ष देखि पुर्ण रुपमा निर्माण नहुदै रोकिएको छ । क्षेती भएको पुल अरनिको राजमार्ग अन्तर्गत ११४ कि . मि सडक बाह्रबिसे देखि तातोपानी नेपालको सिमा सम्म आवत जावत गर्नका लागि अति आवश्यक पुल हो । बर्षादको समयमा बाह्रबिसेको माथीलो पुल भाग ओखरिनि देखि पानी ...

इकु पहिरोमा सडकको ट्याक खुल्दा आशीक रुपमा यातायात सन्चालन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको कोदारी स्थित इकु पहिरोमा आज बेलुकाबाट सामन्य रुपमा यातायातका साधनहरु सन्चालनमा आएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुदाराज बस्नेतले दिनु भएको जानकारी अनुसार आज साँझ देखी केही सवारी साधन स१ञ्चालनमा आएको भएता पनी रात परेका कारण माल बाहक टेलर हरुलाइ सञ्चालन गर्न नदीएको र भोलिबाट थप मर्मत गरि सडक संचालन हुने र चिनियाँ भुभागमा रोकिएको करिब ६०० वटा माल बाहक कन्टेनर टेलर नेपाली भन्सार सम्म ल्याउन सकिने भएको छ । बिगत १८÷१९ दिन देखि इकु पहिरोको कारण बन्द रहेको सडक खुलाउन हिजो देखि ट्याक खुले पनि आज साझ बाट सन्चालनमा आएको होसडक बन्द भए देखि नै अध्यक्ष बस्नेत लागि पर्नु भएको थियो। भने हिजो ट्याक खुलाउन सफल भएको थियो। सडक खुलाउन सडक डिभिजनले कार्यलय चरिकोट लगाएत सरोकारवाला निकायको सहयोग समन्वय रहेको थियो । इकु पहिरोले चिनिया सामान तातो पानी भन्सार सम्मा ल्याउन न...

दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो एमाले सिन्धुपाल्चोकको प्रतिनिधि परिषद्

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
विदुर आचार्य, चौतारा, भदौ ४ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाटी नेतृत्वको सशक्तता र गतिशीलता अरु दलहरुभन्दा अब्बल रहेको दाबी गर्नुभएको छ । एमाले सिन्धुपाल्चोकको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले पाटीको नेतृत्व विगतदेखि वर्तमानसम्म चलायमान, सबल र परिणाममुखी रहँदै आएको स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले बहुदलीय व्यवस्था स्थापनापछि कांग्रेस र माओवादी केन्द्रमा नेतृत्वको सीमितता रहेको उल्लेख गर्दै एमालेमा पाँच जना नेताले पार्टीको नेतृत्व गरिसकेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेलाई नेतृत्वको गतिशीलताको पाठ अरु कसैले सिकाउन आवश्यक छैन । हामीकहाँ नेतृत्वको निरन्तरता र नवप्रवेश दुवै छ ।’ दसौं महाधिवेशनले ७० वर्षे उमेरहदलाई हटाएर नयाँ नेतृत्वयोग्य नेतालाई अग्रसर गराउने वातावरण तयार गरेको उल्लेख गर्दै पाटीको भविष्य अझ सशक्त ह...

बाल संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
मेलम्ची, भदौ ४ – बाल संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सुरु भएको छ। मेलम्ची नगरपालिकाको समन्वयमा रिड नेपालले तालिमको आयोजना गरेको हो। तालिमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले समयअनुसार शिक्षण विधि परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ प्रविधि र पद्धतिबाट बालबालिकालाई सिकाउन आग्रह गर्नुभयो। उहाँले बालबालिकाको इच्छा र रुचिअनुसार सिकाइ अघि बढाउनुपर्नेमा जोड दिनुभयो। साथै, शिक्षक, विद्यार्थी र अभिभावक सबैले गुणस्तरीय शिक्षाको वातावरण बनाउन योगदान पुर्याउनुपर्ने बताउनुभयो। नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका श्रोत बिज्ञ योगबहादुर थापाले नगरले शिक्षा क्षेत्रमा लगानी बढाइरहेको उल्लेख गर्दै संस्थासँगको सहकार्यमा बालबालिकामाथि हुने दुव्र्यवहार अन्त्य गर्न सहयोग भइरहेको जानकारी दिनुभयो। उहाँले तालिमपछि सिकाइको प्रभावकारी कार्यान्वयनमा जोड दिनु...

“बाह्रबिसे ३ का रजनीले उत्कृष्ट नव गायिका अवाड हात पर्न सफल“

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपलिका वड न ३का गायिका रजनी राउत थापाले तेश्र्रो रास्ट्रिय विशाल तिज म्युजिक अवार्ड २०८२बाट उत्कृष्ट गायिका अवार्डमा अत्यधिक मतका साथ गोल्डेन अवार्ड प्राप्त गर्न सफल हुनु भएको छ । सानै देखि नाच्न गाउन हुरुक्कै हुने जति बेला होस गुनगुनै रहने रजनी स्कुलमा पनि गित गाउने गर्थिनगर्नु हुन्थ्यो । गित गाउन गित रेकर्ड गर्न स्टुडियो भित्र कसरी छिर्ने कस्लाइ भन्यो भनी गित गाउन पाइन्छ भन्दै सोची हिड्ने रजनी भन्नू हुन्छ एक दिन आफू भन्दा अग्रज कलाकार बाट यसरी अवार्ड समात्ने सपना आज पुरा भएकोछ।यहाँ सम्मा आउनको लागि सर्वप्रथम त आदरणीय लोक गायक दिनेश भण्डारि र आदरणीय गायक बिस्नु थापाले पहिलो गित दशै गित गाउने अवसर दिनु भयो जुन गित ग्रुपमा गाएको थियो।त्यसपछी दोस्रो गित तिजको गित थियो।तिजको गित गाउनको लागि आदरणीय दाइ धिरज खत्रीले अवसर दिनु भएको थियो। रजनिलाइ लोक सङगितमा लाग्...

“इकु पहिरोमा सडकको ट्याक खुल्यो “

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रिती बिश्वकर्मा रेडीयो लोकप्रिय नेत्र ज्योती बाह्र्बिसे ÷ सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउपालिका तातो पानी कोदारी स्थित इकु पहिरोमा सामान्य ट्याक खुलेको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत केही दिन देखि उक्त इकु पहिरोमा ट्याक खुलाउन लागि पर्नु भएको थियो । यसैको फलस्वरुप मङ्गलबार देखी भने सामान्य ट्याक खुलेको छ । मङ्गmबार इकु पहिरोमा बाणिज्य संघका अध्यक्ष बस्नेत आफै बिहान देखि बेलुका सम्मा ट्याक खुलाउन खटिनु भएको थियो।अध्यक्ष बस्नेतले दिनु भएको जानकारी अनुसार बुधबार र बिहीबार सम्ममा सडक संचालन हुने र चिनियाँ भुभागमा रोकिएको करिब ६०० वटा माल बाहेक कन्टेनर टेलर नेपाली भन्सार सम्म ल्याउन सकिने छ । सडक खुलाउन सडक डिभिजन कार्यलय चरिकोट लगाएत सरोकारबाल निकायको सहयोग समन्वय रहेको थियो । मङ्गलबमर खुलाएको ट्याकमा बुधबार तातो पानी बाट ग्राभेल लगेर बिछ्याउने ग्राभेल बि...

अख्तियारको पत्राचारमाथि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकालाई पठाएको पत्रप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ । आयोगले पत्रमार्फत २०८२ असार ११ गते प्रकाशित "सामान्य प्रशासन मन्त्री गुप्ताद्वारा लाखौंको घुस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी" भन्ने समाचार र २०८२ साउन १८ गते प्रकाशित "७० लाख घुस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण" भन्ने समाचारसँग सम्बन्धित अडियोका स्रोत उपलब्ध गराउन माग गरेको थियो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले २०८२ भदै ३ गते मंगलबार जारी प्रेस विज्ञप्तिमा यस्तो पत्राचार प्रेस स्वतन्त्रता, सूचनाको अधिकार र लोकतान्त्रिक व्यवस्थामाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताएका छन् । शाखाले पत्रकारिता पेशागत दायित्व र नैतिक जिम्मेवारीको दृष्टिले नागरिक सरोकारका विषयमा तथ्य ...

कालिका इनर्जी को सार्वजनिक सुनाइ बाह्रबिसेमा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका कवड हलमा भोटेकोसी ५ जलविद्युत आयोजना (४६ मे .वा ) कालिका इनर्जी लिमीटेड सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बाल कृष्ण बस्नेत लगाएत बाह्रबिसे नगरपालिका वडा न. ३,४,५,८,९ का वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुदाराज बस्नेत पुर्व अध्यक्ष राजकुमार बस्नेत उद्योग बाणिज्यका सदस्यहरू लगाएत सरकारबाल निकायका प्रमुख र प्रतिनिधिहरु उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनाइ कार्यक्रममा प्रभावित क्षेत्रका प्रभाबीत बासिन्दाहरुल आफ्ना माग सहित लिखित रुपमा राखेका थिए। प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले केही समय नार जुलुस गरि होहल्ला गरीरहँदा कालिका इनर्जी का  अध्यक्ष  मोहन बिक्रम कार्की ले आफ्नो भनाइ राख्...

चौतारामा बालबालिका संवेदनशीलसम्बन्धी दुई दिने तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा बालबालिका संवेदनशीलसम्बन्धी दुई दिने तालिम भएको छ । नेपाल पत्रकार महासंघका पूर्व केँद्रीयअध्यक्ष तथा तालिमका मुख्य प्रशिक्षक धर्मेन्द्र झा रहनु भएको थियो भने नेपाल पत्रकार महासंघका पुर्ब जिल्ला अध्यक्ष रिषीराम पौड्याल लगाएत प्रशक्षिकको भुमिकामा रहनु भएको थियो । नेपाल पत्रकार महासंघ लसिन्धुपाल्चोकका अध्यउक्ष ध्रुब दङ्गालको अध्यक्षतामा सञ्चार कर्मीहरुकलाइ बालबालिका संवेदनशीलसम्बन्धी तालिम दिइएको हो । प्रशिक्षण कार्यक्रममा पुर्ब केनिद्रय अध्यक्ष झाले सहभागी पत्रकारलाई समाचार तयार गर्दा पीडित बालबालिकाको सुरक्षा, मर्यादा र गोपनीयता समबन्धी विशेष ध्यान दिदै सत्य र तथ्यमा आधारित र संवेदनशील समाचार लेख्न पर्ने बताउँनु भयो । तालिममा पत्रकारहरुलाई विद्यालयस्तरमा हुने लैङ्गिक हिंसा सम्बन्धी मुद्दाहरूलाई संवेदनशीलतापूर्वक प्रस्तुत गर्ने, ब...

बागमती प्रदेश नेपाल लोकतान्त्रिक खेलकुद संघमा कवे

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको प्रथम अधिबेशन सम्पन्न भएको छ । नेपाली काँग्रेस निक नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको आइतबार भक्तपुरमा भएको अधिवेशनबाट अष्ट कुमार कवे अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै, उपाध्यक्षद्वयमा तेजकुमार डंगोल र सुनिता मैनाली, सचिवमा उज्ज्वल श्रेष्ठ तथा सहसचिवहरूमा अमृत लुङ्घवा, गौरब बस्नेत, पूर्णबहादुर गुरुङ र निरज खड्का निर्विरोध निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा भने रविन्द्रमान महर्जन निर्वाचित हुनु भएको छ। यसैगरी, कार्यसमिति सदस्यमा सुमित्रा श्रेष्ठ, कविन ब्यन्जन्कार, भागवत खड्का, नवराज पाख्रिन, जनार्दन बस्नेत, केदार माझी, प्रकाश पाण्डे, राजेन्द्र घले, गोपालबहादुर तामाङ, सुक्रबहादुर माझी, तेजनारायण पसछे , बुद्धिमान स्यान्ताङ्ग गरिना आचार्य, राजेश राउत, विक्रान्त विस्ट, मिना पौडेल, विष्णुकुमारी बस्त्रेत, सरिता खड्की र स...