सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिकामा जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तरर्गत बृक्ष रोपण कार्यक्रम गरिएको छ ।
रौतहट बाट सुरुवात भएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै स्विजरल्याण्डका नागरिक आइएफएफईका प्रेसिडेन्ट पिस्टप डर्मुलर भ्वाइस प्रेसिडेन्ट मार्टिना डुर्मेल र हेलम्बु गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा ,समाज कल्याण परिषदका सदस्य सचिब मनोज भट्ट र शिक्षाबिद डाक्टर बिद्यानाथ कोइराला सहितले हेलम्बु ध्याङ सामुदायिक स्कुलमा बृक्ष रोपण गरेर अभियानमा सहभागी हुनुभएको छ।
जन्म दिनलाइ सतकर्ममा जोडौ अभियान्ता गोबीन्द चौलागाईको बिशेष सक्रियतामा उक्त बृक्ष रोपण कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रोतहटबाट अभियान शुरु गरेर देसकै नमुना काम गर्न लाग्नु भएका चौलागाइलाइ बिशेष धन्यबाद दिनु भयो । उँहाले अब यस पालिकाका सामुदायिक बिद्यालयमा पनि यो अभियानलाई जोडने प्रतिबद्धता ब्यक्त गर्दै पालिकाकाका सबैलाइ जन्म दिन तथा जुनसुकै कार्य गर्दा पनी बृक्ष रोपण गरेर देसको पहीलो गाँउपालिका बन्नका लागी सहयोग गर्न पालिकाबासीहरुलाइ अनुरोध गर्नु भयो । यसै गरी स्विजरल्याण्डका पिस्टपले पनि यो अभियान आफुलाइ अत्यन्तै मन परेको बताउदै अबका दिनमा म अरु लाई पनि भन्ने छु भन्दै यो अभियानको सफलताको कामना व्यक्त गर्नुभएको छ। समाज कल्याण परिषदका सदस्य सचिब मनोज भट्ट ले यो अभियान शुरु गरेर देसमा नयाँ कार्यक्रमको अबधारणा ल्याउँदै समाजलाइ स्वच्छ राख्न पहल गर्नु भएकोमा चौलागाइ लगाएत आयोजक समुहलाइ बिशेष धन्यबाद दिनु भयो ।
हेलम्बु गाउँ पालिका को विकट गाउँमा रौतहट बाट सुरुवात जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै स्विजरल्याण्ड आइएफएफईका प्रेसिडेन्ट पिस्टप डर्मुलर भ्वाइस प्रेसिडेन्ट मार्टिना डुर्मेल र हेलम्बु गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र समाज कल्याण परिषदका सदस्य सचिब मनोज भट्ट सहितले हेलम्बु ध्याङ सामुदायिक स्कुलमा बृक्ष रोप्नुभएको हो ।
यसै बिच जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रमलाई ऐक्यवद्धता जनाउदै हेलम्बु,मेलम्ची घ्याङ सामुदायिक बिद्यालयका कक्षा ३ मा अध्ययनरत कर्मा तामाङले आफ्नो जन्मोत्सव बिद्यालय मै फुलको बृक्ष रोपेर आफ्नो जन्मोत्सव मनाउँनु भएको छ।
नुवाकोट दुप्चेश्वर स्थाइ घर भएका तामाङले बिद्यालयका समकक्षी साथीहरु र शिक्षक शिक्षीकालाइ समेत अभियानमा सग्लग्न गराउँनु भएको थियो भने बिद्यालयका सबै शिक्षक शिक्षीका बिद्यार्थी अभिभावकहरुलाइ आआफ्नो जन्मदिनको दिन कम्तीमा एउटा एउटा बिरुवा रोपेर हुर्काउँन लाग्ने भएका छन ।यो अभियान को सुरुवात रोतहट जिल्ला बाट गरिएको थियो भने दोश्रो काभ्रेपलाञ्चोक जिल्ला र तेश्रो सिन्धुपाल्चोकमा सुरु गरिएको थियो । सिन्धुपाल्चोक जिल्लामा लोकप्रियस समाचार राष्ट्रिय दैनिकका प्रकाशक को जन्म दिन तथा पत्रिकाको स्थापना दिबशको अबशरमा चौतारासाँगाचोकगढी नगर पालिका वडा नं १४को थान्मारे डाडाबाट शुरु गरिएको थियो । थान्मारे डाँडालाइ जन्मोत्सव पार्क को रुपमा बिकसित गर्न लागेको १४ नं वडाका वडाअध्यक्ष उद्धब नेपालले जानकारी दिनु भएको छ ।
