आयुर्वेद उपचार पद्वति मौलिक उपचार पद्वति हो ः मन्त्री बस्नेत
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको इन्द्रेश्वरी माध्यमिक बिद्यालयमा शनीबार भएको
निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रममा १५००भन्दा बढीले सेवा लिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख अतिथ्यतामा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार भएको सिविरले उक्त क्षेत्रका १५००भन्दा बढीले सेवा लिएको डा. जितेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । स्वास्थ्य मन्त्री बस्नेतले कार्यक्रमको उद्धघाटन गर्नु हँुदै आयुर्वेद भरपर्दो उपचार पद्वति भएको ,आयुर्वेद पद्वतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने ,आयुर्वेद उपचार पद्वति मौलिक उपचार पद्वति भएको बताउनुभयो । मन्त्री बस्नेतले ‘आयुर्बेदको विकास र बिस्तार गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ सिविरमा उपचार हुन नसक्ने विरामीका लागि तालिम के...
