सम्पर्क

डाँफे र स्याङ्बो ले बाँडे १६२झोला

 

देबराज सुबेदी मेलम्ची ,मनिगाङ स्याङ्बो परिवार र डाँफे मिनरल वाटरद्वारा विद्यार्थीहरुलाई टिसर्ट र झोला वितरणपाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर २ बरुवाको चण्डिका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई मनिगाङ स्याङ्बो परिवार र डाँफे मिनरल वाटर कम्पनीले टिसर्ट र झोला वितरण गरेको छ । १६२ जना विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का प्रबक्ता जितबहादुर थिङले जानकारी दिनुभयो । बरुवा निवासी, काङ्ग्रेसका युवा नेता तथा सफल व्यबसायी पेमा वाङ्गेल लामाको पहलमा सो सामग्री विद्यार्थीहरुलाई वितरण गरिएको हो । सामग्री वितरण गर्दै पेमा वाङ्गेल लामाले आगामी दिनमा पनि विद्यार्थी र विद्यालयका लागी आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।