शिक्षा नै सर्वाङ्गिण विकासको मूल आधार भएकोस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले शारदामाध्यमिक बिद्यालयको
७३औँ बार्षिकउत्सव तथा अभिभावक भेलाको उद्धघाटन गर्दै शिक्षाको विकास हुन नसके अन्य कुनै पनि विकास नहुनेसमेत दावी गर्दै शिक्षाको मन्दिरलाई व्यवस्थित गर्न समुुदायका सबै व्यक्ति लाग्नुपर्ने बताउँनु भयो ।
विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताउँदै मन्त्री बस्नेतले “शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गिण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ”, भन्नु भयो । । “विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक र अभिभावकको ठूलो दायित्व र जिम्मेवारी रहन्छ, जनप्रतिनिधिले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारलगायत जनशक्ति ब्यवस्थापन गरिदिने हो”, भन्नुभयो ।शिक्षा र स्वास्थ्यका कारण धेरै मानिस मानसिक रोगी भएको आफुले पाएको बताउँदै आत्महत्या गर्नेमध्ये पनि अधिकांश मानसिक रोगी रहेको ले शिक्षा निशुल्क हुन पर्ने बताउँनु भयो । । मन्त्री बस्नेतले अब केही बर्षमा लाखौँलाख विद्यार्थीले नेपालमै सहुलियतमा मेडिकल शिक्षा पढ्न पाउँने दोहोर्याउँदै “यसबाट खरबौँ रुपैयाँ विदेशिनबाट जोगिन्छ, खरबौ रुपैयाँ विदेसबाट आउँछ र लाखौँलाखले रोजगारी पाउँने भएकाले आफुले यो अभियान शुरु गरेकोउँहाले सरकारले एक प्रदेश एक मेडिकल कलेज सञ्चालन गर्ने योजना बनाउने समेत बताउँनु भयो । कार्यक्रममा बाग्मती प्रदेशको वन तथा वातावरण मन्त्री मसिना खड्काले शिक्षा नै भविष्य तय गर्ने बाटो भएकाले समसापेक्ष बदलिँदो प्रविधिसँगै शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताउँनु भयो । जिल्ल सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले शारदा माध्यमिक बिद्यालयले आफेनो छुट्टै पहीचान बोकेको बताउँदै यो बिद्यालयका पुर्ब बिद्यार्थीहरु जती माथील्लो पोष्टमा पुगे पनी शिक्षा हासिल गरेको यो बिद्यालयलाइ कमै मात्रले सम्झने गरेको बताउँनु भयो । यसै गरी बाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले गुणस्तरीय शिक्षाका लागी नगरपालिकाले सबै बिद्यालयलाइ सहयोग गरिरहेको बताउँदै माननीय मन्त्री मोहन बहादुर बस्नेतकै निर्देशनमा बाह्र्बिसेनगरपालिका, भोटेकोशी गाँउपालिका,त्रिपुरा सुन्दरी गाँउपालिका लगाएतले कक्षा १२ सम्म निशुल्क गरिसकेको बताउँनु भयो ।
(फुदोमा शेर्पा रेडीयो लोकप्रियनेत्रज्योती बाह्र्बिसे )
