इर्खूमा निर्माण भएकोे ला–नरुवोनको शालिक उद्धघाटन
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. ८ इर्खूमा निर्माण भएकोे ला–नरुवोनको पुर्णरुपका प्रतिमा–शालिक तथा वोन गुफा–ठिघ्याङ, गुम्बाको बुधबार एक समारोहका बिच उद्धघाटन भएको छ । तामाङ समुदायको आस्थाको धरोहर ला–नरुबोनको पुर्ण कदको सालिक सम्भवतः देशकै पहिलो र अग्लो पुर्ण कदको सालिक चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगर प्रमुख अमानसिंह तामाङको बिशेष अतिथ्यतामा उद्धघाटन भएको हो । उद्धघाटन समारोहमा नगर प्रमुख सापकोटा,वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गाल , लोकप्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बहादुर बस्नेतलागएतलाइ सम्मान समेत गरिएको थियो । मुल आयोजक समितीका संयोजक धन गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा १४वटै वडाका झाक्री झक्रीनीहरुले कामेर गुरु पुजामा सहभागी जनाएका थिए । कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख ...
