सम्पर्क

१४ गतेबाट दादुरा–रुबेला विरुद्ध खोप शुरु हुने

सिन्धपाल्चोक जिल्लामा यस बर्ष २०८०साल फागुन १४ गतेबाट दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । बुधबार भएको जिल्लास्तरिय खोप समन्वय समिति, सरोकारवाला र सञ्चारकर्मीबीच बुधबार भएको अन्तरक्रिया स्वास्थ्य कार्यलय सिन्धुपाल्चोक प्रमुख डा दर्गा बजगाइले उक्त कुराको जानकारी दिनु भएको हो । स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठको सभापतीवमा जिल्ल सम्मन्वय सभाहलमा भएको कार्यक्रममा खोप कार्यक्रमबारे जानकारी दिदै डा बजगाइले ९ महिनादेखि ५ वर्ष उमेरसमूहलाई लक्षित गरि सञ्चालन हुने यो अभियानका लागि जिल्लाको १०३ वटै वडाका २५३ खोप केन्द्र व्यवस्थापन गरिएको जानकारी दिनु भयो। उँहाले यस अबधीमा १५ हजार ६ सय ६८ जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य लिइएको जानकारी दिनु भयो ।राष्ट्रिय कार्यक्रम अनुसार नै जिल्लामा पनि यो अभियान सञ्चालन हुन लागेको बताउँदै दादुरा–रुबेला विरुद्ध खोप अभियानको बारेमा जानकारी दिंदै स्वास्थ्य प्रमुख बजगाँईले जिल्लामा आवश्यक तयारी पुरा हुने क्रममा रहेको जानकारी दिनुभयो ।अभियानका लागि खोप स्वास्थ्यकर्मी ५ सय जना, स्वयमसेवक ६ सय ५० जना र एइएफआइ व्यवस्थापन र अनुगमनका लागि २२ जना स्वास्थ्यकर्मी र चिकित्सक परिचालन हुने स्वास्थ्य प्रमुख बजगाँइले जानकारी दिनुभयो ।कार्यक्रममा चौतारा अस्पतालका मेडिकल सुपरिटेण्डेट अमरदीप शाहले कार्यक्रममा दादुरा–रुबेला रोग, अवस्था र चुनौतिको बारेमा प्रष्ट पार्नुभयो ।कार्यक्रमलाई सम्वोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले कार्यक्रमलाई सफलता प्रदान गर्नका लागि नगरपालिकाका तर्फबाट आर्थिक, भौतिक र जनशक्ति उपलव्ध गराउने प्रतिवद्धता जाहेर गर्नुभयो ।उहाँले स्वास्थ्यको विषय समवेदनशिल भएको र यसमा बढी स्थानीय सरकार जिम्मेवार र सकृय हुनुपर्ने भन्दै आफूहरुको तर्फबाट दायित्व निर्वाहमा कुनै कञ्जुँस्याइ नहुने धारण व्यक्त गर्नुभयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद सुवेदीले खोपको पहुँचबाट टाढा स्थानमा अभियान बढी केन्द्रीत गर्नु सुझाव दिनुभयो । उहाँले प्रचारप्रसारलाई तीव्रता दिंदै घर, घरमा गएर सेवा दिनु पर्ने बताउनुभयो दिनुभयो । आचार्यले प्रचार प्रसार सँगै खोप लागाउनका लागि आबश्यकता पहिचानहुनु,र जनशक्तिको समेत परिचालन हुन पर्ने बतनउँनु भयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला सम्मन्व समितीका उप प्रमुख पदम नाथ नेपालले रोग लागे पछि उपचार गर्नु भन्दा पनि रोग लाग्न नदिने तर्फ ध्यानदिदैजिल्लाका सबैवडाहरु,बिध्यालय,सबैसङघ,सस्थाहरु सँगसम्मन्वय गरेर रोगको रोकथाम गर्न पर्ने बताउनु भयो।कार्यक्रमको सञ्चालन गर्दै खोप अधिकृत राजाराम कार्कीले जिल्लामा गरिएको खोप अभियानजका बारेमा जनशक्तीको अभाव रहेको बताउँनु हँुदै खोप अभियान सफल पार्न सबैको सहयोगको आबश्यक रहेको बताउँनु भयो । उँहाले ले हाम्रो नेपालमा सरुवा रोग बढिलाग्नुका कारण दुबै तर्फको वोर्डरबाट खुल्ला रुपमा मानिस आबत जावत गर्नु, रहेको पाइएको बताउँनु भयो । उँहाले साधरण रोग लागे पनि उपचार गर्न जरुरी भएको ले उपचारमा कमी कम्जोरी हुन नदीन स्वास्थ्य कार्यलय लागी परेको बताउँनु भयो ।       कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्का चौतारा अस्पाताल सञ्चालन समिती अध्यक्ष टङ्क कार्की,सञ्चार कर्मी लगाएतको उपस्थिती रहेको थियो ।