सम्पर्क

जिबनशैली

जुगल गाउँपालिका वडा नंम्वर ३ को योजना छनौट

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नंम्वर ३ ले आगामी आर्थिक वर्ष ०८१÷०८२ को योजना छनौट गरेको छ । सोमबार वडा कार्यालयमा आयोजित चालु आर्थिक वर्षको समिक्षा, सार्वजनिक सुनुवाई तथा आगामी वर्षको योजना छनौट कार्यक्रम भएको हो । जुगल गाउँपालिका वडा नंम्वर ३ का स्थानीयले शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका क्षेत्रमा विकास गर्नुपर्ने माग राखेका छन् ।सिन्धुपाल्चोक जिल्लाको विकट हिमाली क्षेत्र गुम्वामा तुलनात्मक रुपमा विद्यार्थीको चाप कायम रहेको, विद्यालयमा पूर्ण भौतिक संरचना नभएको, विद्यालय शिक्षामा अभिभावकको चासो कम रहेको, शिक्षकहरुमा समयसापेक्ष तालिम अपर्याप्त रहेकोले उक्त विषय समेटेर आगामी वर्षको वजेट निर्माण गर्न शिक्षक तथा विद्यालय प्रतिनिधिले सुझाव पेश गरेका छन् । विद्यालयमा शैक्षिक सामाग्री, खेलकुदका सामाग्री, चमेनागृह, खानेपानी, शौचालय र विद्यालयमा स्वास्थ्य परीक्षणको समेत राम्...

सबै कार्यालयमा सुचना अधिकारीको कार्यलाई सक्रीय गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
जिल्लामा शान्ति सुरक्षा मजबुद बनाई राख्दै कुनैपनि काममा अनियमितता हुन नदिने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउँनु भएको छ । उहाँले जिल्लामा कुनैपनि अप्रिय घटना घट्न नदिन प्रशासन सचेत भएर काम गरिरहेको र गरिरहने बताउँदै कहि कतै त्यस्ता घटना घट्ने सम्भावना देखिए तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले सिन्धुपाल्चोक जिल्लामा कार्यालयमा जेष्ठ २३ गतेदेखी प्रमुख जिल्ला जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नु भएपछी आइतबार सञ्चारकर्मीहरुसँग भएको भेटघाटको अबसरमा यस्तो बताउँनु भयो । प्रजिअ थापाले सञ्चारकर्मी, सुरक्षाकर्मी र प्रशासन कार्यालयबिच गहिरो सम्बन्ध भएकाले हरेक गतिबिधीका सुचना प्रबाह गर्ने सञ्चारकर्मीहरुबाट आफुले सुचनाको सहयोग पाउँने र हरेक कार्यालयमा सुचना अधिकारीको व्यवस्था गरी सुचना अधिकारी मार्फत आ–आफ्ना कार्यालयमा भएका कामहरुको बारेमा सञ्चारकर्मी जा...

परिबर्तनका लागी सहकार्यद्धारा बिद्यालयमा सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिका वडा नं ६मा रहेको इचोक माध्यमिक बिद्यालय र महेन्द्र माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले अध्यनका लागी सहयोग पाएका छन । परिबर्तनका लागी सहकार्य नेपालले उक्त सहयोग गरेको हो । हेलम्बु गाँउपालिका वडा नं ७का वडा अध्यक्ष मिन बहादुर खड्काको प्रमुख अतिथ्यतामा र वडा नं ६का वडा अध्यक्ष सञ्च बहादुर तामाङ्गको बिशेष अतिथ्यतामा आइतबार उक्त सहयोग सामाग्री बितरण गरिएको थियो । सहयोग सामाग्री बितरण गर्दे प्रमुख अतिथी वडा नं ७का वडा अध्यक्ष मिन बहादुर खड्काले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको स्वास्थ्य,र शिक्षाका लागी परिबर्तनका लागी सहकार्य नेपालले गरेको सहयोगको प्रशंसा गर्दै बिशेष धन्यबाद दिनु भयो । बिशेष अतिथी वडा नं ६का वडाअध्यक्ष सञ्च बहादुर तामाङ्गले शिक्षा सिकाइका लागी सहकार्य नेपालले गरेका सहयोगका बारेमा चर्चा गर्दे जस्तो नाम उस्तै काम भएकोमा आफुहरुलाइ खुशी ल...

बन्ने भयो लालबहादुर खातीको सालिक सँगै काँठे लोकदोहोरी पार्क

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४मा लोक गायक तथा सङ्गीतकार स्व.लालबहादुर खातीको सालिक बन्ने भएको छ । राष्ट्र्रीय सङ्गीत कर्मी सघं सिन्धुपाल्चोकको जिल्ला शाखा कार्यलय सिन्धुपाल्चोकको बैठकले उक्त निर्णय गरेको आजिवन सदस्य लिलाराज बानीयाले जानकारी दिनु भयो । उँहाका अनुसार कलाकार लालबहादुर खातीको सम्झनामा सालीक सँगै काँठे लोकदोहोरी पार्क समेत निर्माण गर्न पहल गरिने निर्णय भएको हो । सघंका अध्यक्ष इश्वरी प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।  ...

अखिल क्रान्तिकारीद्वारा आयोजित वक्तृत्वकलामा सेलाङ माविको रोशन प्रथम

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )द्वारा “ जुगलको अभियान प्रतिभा पहिचान” कार्यक्रम अन्तरगत माध्यमिक तह स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन भएकाे छ। उक्त कार्यक्रम क्रान्तिकारीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। १६ जना प्रतिस्पर्धी विद्यार्थी सहभागी कार्यक्रममा श्री सेलाङ माध्यमिक विद्यालयको रोशन तामाङ् प्रथम हुन सफल भएको छ । यस्तै प्रतियोगितामा श्री जल देवी माध्यमिक विद्यालयका सुनिता तामाङ द्वितीय र भिमसेन माध्यमिक विद्यालयका पुष्प लामा तृतिय र काली देवि माध्यमिक विद्यालय का सरिता वि.क. चौथो स्थान हासिल गर्न सफल भएको थियो ।प्रथम, द्वितीय तथा तृतीय र चौथो हुने प्रतियोगीलाई प्रमाण पत्र, पुरस्कार प्रदान गरिएको थियो ।८ वटा माध्यामिक विद्यालयहरू सहभागिता रहेको थियो । सो अवसरमा...

गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, २५ जेठ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी आव २०८१÷८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यस विषयमा पर्याप्त छलफल भइसकेकाले अब कुनै दुविधा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदैछाँै । यी दुई विषय मात्र नभई गाँजासम्बन्धी बहुआयामिक तरिकाले अध्ययन गर्न सकियोस् भने एक महिनामा सम्भवत अध्ययन समित बनाउनेछौँ ।” गृहमन्त्री लामिछानेले गाँजासम्बन्धी कानुन बनाउँदा सामाजिक परिवेशलगायत नियमनको पाटोमा पनि जोड दिने बताउनुभयो । उहाँले लागुऔषध दुव्र्यसनीमा फसेका र लागुऔषध ओसारपसा...

समाजसेवी रमेश थापा नेतृत्वमा सरस्वती मन्दिर निर्माण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक, जेठ २५ गते । चौतारा साँगचोकगढी नगरपालिका–३ आलमछाप स्थित दक्षिणकाली माध्यमिक बिद्यालयमा समाजसेवी रमेश थापा नेतृत्वमा सरस्वती मन्दिर निर्माण गरिएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कटुवालका अनुसार समाजसेवी समेत रहेका(होटेल ड्रिम्स कनेट,ठमेल) थापा(चौतारा नगरपालिका–३)ले उक्त मन्दिर निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपियाँ, आध्या फाउण्डेशन(गोपाल धिताल तथा परिवार अमेरिका) १ लाख, खुशी कार्की तथा परिवार(थाईल्याण्ड) ६५ हजार, प्रकाश मिश्र(अमेरिका) ५० हजार, खडानन्द गिरी तथा अञ्जु बस्नेत(अमेरिका) ५० हजार, ध्रुव पौडेल भोटेकोशी गाउँपालिका ५० हजार सहयोगमा मन्दीर निर्माण गरिएको हो । साथै सो मन्दिर निर्माणका लागि तुला गुरुङ(अमेरिका) २६ हजार, बुद्ध बाँनिया(अमेरिका) २६ हजार, यदु शर्मा(अमेरिका) २० हजार, किरण गजमेर(अमेरिका) १५ हजार, मदन अधिकारी(अमेरिका) १३ हजार, ज्ञानेन्द्र केसी...

खाद्यको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, २४ जेठः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयका उद्योग सचिव कृष्ण राउत र वाणिज्य सचिव दिनेशकुमार घिमिरेसहित आज अनुगमनका लागि पुग्नुभएका मन्त्री भण्डारीले नेपाल सरकारको ठूलो लगानी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुधार गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “सरकारको स्वामित्व छ, निजी क्षेत्रसित प्रतिस्पर्धा गरेर जनताको सेवा गर्नु छ, परम्परागत रुपले कम्पनी चलाउन सकिँदैन, संरचनागत सुधार गर्नुस्, कर्मचारीले इमान्दार भएर काम गर्नुस्, काखापाखा कसैलाई गरिँदैन मन्त्रालयबाट, काम गर्ने नियत नहुनेले मार्गप्रशस्त गरिदिनुस् ।” तत्कालीन नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेट एकापसमा गाभिए पनि कानुनी रुपमा देखिएको समस्या समाधानमा मन्त्री ...

तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

जिबनशैली, बिजनेस, विचार, विचित्र संसार
– शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी निर्वाचन गर्न नदिने अडानसहित नेपाल प्रेस युनियनको अगुवाइमा भएको तालाबन्दीले केन्द्रदेखि जिल्ला शाखासम्मका निर्वाचनलक्षित गतिविधि प्रभावित भयो । यद्यपि शुद्धीकरणका नाममा हटाइएका केही सदस्यका नाम समावेश गरी अन्तिम मतदाता नामावली प्रकाशित गर्ने सम्झौतापछि ताला खोलियो । तर सो तालाबन्दीको लक्ष्य (नियत) श्रमजीवी पत्रकार तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको हकहित होइन, केवल केही पदलोलुप र सत्ता–राजनीति निर्देशित पत्रकारको स्वार्थ साँध्न भएको कसैबाट लुकेको छैन ।सबै विचार समूह र तह–तप्काका पत्रकारहरूको छाता सङ्गठनका मानिने पत्रकार महासङ्घ ने...

सुत्केरी आमालाइ भेट्दै बाह्रबिसेका उप प्रमुख मन्जु तामाङ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका नगर उपप्रमुख मन्जु तामाङ ले नगरका हरेक वडाका सुत्केरी आमाहरुलाइ घरघरमा नै गइ उँहाहरुको स्वास्थ्य स्थिती बारे जानकारी लिदै सुत्केरी आमालाइ पोष्टीक आहार को रुपमा अण्डा तथा घिउ तेल लगाएतका सामाग्री हरु दिनु भएको छ । सो अबशरमा उँहाले हरेक सुत्केरी अमाहरु लाइ आप्mनो स्वास्थ्य स्थिती राम्रो भयो भने मात्र आफ्ना बालबालीका पनी स्वास्थ रहने भएकाले आफ्नो स्वास्थमा पनी ख्याल गर्न पर्ने र स्वास्थ्यमा केही समस्या देखिएमा महीला स्वयम सेवीकालाइ सम्पर्क गरेर स्वास्थ्य सेवा लिन अनुरोध गर्नु भयो । उँहाले हरेक आमा ले आआफ्ना वालवावलकाको स्वास्थ्य ठिक राख्न पोषण युक्त खानेकुरा खाने गर्नु पर्ने सके सम्म घरमा नै खानेकुरा तैयार गर्ने खाने बजारको तैयारी खाने कुरा स्वादका लागी मात्र हुने भएकाले घरमा बनाएको जस्तो पोषण मात्रामा नपुग्ने भएकाले आफुलाइ खान मन लागेको र पौष्टीक यु...