सम्पर्क

जिबनशैली

राजधानी काठमाण्डौमा बाढीले बगाउँदा १को मृत्यु ३६को उद्धार

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
देसको राजधानी को मुटुमा रुहेको केही सानासाना खोलाहरु म आएको बाढीका कारण १ जनाको ज्यान गएको छ भने बाढीमा परेर २४जनाको उद्धार गरिएको छ । बाढीबाट के कती क्षेती भयो भन्ने बारेमा यकीा ानभए पनी ठुलै जनधनको क्षेती भएको अनुमान गरिएको छ । बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको खबर प्राीत भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भइरहेको छ । यसै गरी काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौंको बल्खु, तरका...

नेत्रज्योती कृषी सहकारीको १२ औं साधरणसभा सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
नेत्रज्योती कृषी सहकारी संस्थाको १२आंै साधरणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको साधरणसभा तथा खिरखाने कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यबाहक नगर प्रमुख सिता थापाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीका माध्यमबाट गरेको कामहरुमा पारदर्सीता र स्तरियता हुने बताउनु भएको छ । उहाँले सहकारीहरु नाफामुखी व्यापारमुखी हुनुभन्दा पनि सेवामुखी हुनपर्ने बताउँनु भयो । हरेक उत्पादनमा नगरपालिकाले अनुदान दिएको छ, हरेक क्षेत्रमा उत्पादनका लागि बिउ बिजन, मलमा अनुदान दिएको छ, तर पनि नगरका खेतीयोग्य जमीनहरु बाँझै रहेका छन्, यसतर्फ सबैको ध्यान जान जरुरी रहेका बताउदै उत्पादनमुलक काममा सबै मिलेर अगाडी बढ्न पर्ने समेत बताउँनु भयो ।प्राय कृषकहरुले पहिलो त आफैले खानका लागी खेती गर्ने गरेको भएपनि आफुले प्रयोग गरेर बाँकी रहेको सामाग्री बिक्री गरेर नगदमा परिणत गरेर अरु खाँचो टार्ने गरेको पाइएको धार...

३१ वटा युट्युबलगायतका सामाजिक सञ्जाल काउन्सिलको कारबाहीमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ १५ साउन । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो । मिडिया अन्तर्गत सूचीकृत भएका यस्ता ३ वटा माध्यमलाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाइ सम्पादन गर्न, सामग्री स्थगन गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । हेल्लोटिभी टिभी नेपाल फेसबुक पेज, पिएनपि मिडिया र नागरिकपत्र युट्युब च्यानल यस्तो कारबाहीमा परेका हुन् । काउन्सिलले हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल (Th...

पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
कास्की, १५ साउनः पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ । फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भन्नुभयो, “पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ । यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि ?” स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि...

झारनाशक विषादीको प्रयोगमा किसान आकर्षित

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
चण्डीका नेपाली /मेलम्ची सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको किसानहरू पछिल्लो समय झारनाशक विषादीप्रति आकर्षित भएका छन् । झारनाशक विषादीको प्रयोगले श्रमशक्ति र खर्च दुवैको बचत हुने भएपछि किसान त्यसप्रति आकर्षित भएका छन् । जिल्लामा धान खेतभित्र अनावश्यक रूपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढाएको मेलम्ची नगरपालिका –९ ज्यामिरेका किसान लोक बहाद्र गिरी बताउनुहुन्छ । गिरीले यो वर्ष रोपाइँ गर्दा आफूले १५ रोपनी जमिनमा झारनाशक विषादी प्रयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर धान गोड्ने बेला जनशक्तिको अभाव, अर्कोतिर खर्चको पनि बचत । त्यसैले मैले त एक हजार रुपियाँ बराबरको झारनाशक विषादी ल्याएर छर्किएँ ।” मेलम्ची नगरपालिकाको कृषि शाखाको प्राविधिक अमर आचार्य पनि किसानले आफ्नो सजिलोका लागि झारनाशक विषादीको प्रयोग बढाइरहेको बताउनुहुन्छ । आचार्यका अनुसार पछिल्लो समय ध...

कोदो खाने रहर, जानु पर्छ शहर

कृषि, जिबनशैली, विचार
नवराज बस्नेत कोदोवाली स्वास्थ्य पोषण व्यवसाय वातावरणीय र खाध्य सुरक्षामा महत्वपूर्ण मानिन्छ । थोरै खाए पुग्ने, आडिलो विस्तारै पच्ने, छिटो पाक्ने, लगानी कम, मलजल कम चाहिने, सवै ठाँउ र रुखोपाखो जमिनमा पनि फल्ने, रोगाकिरा कम लाग्ने, विषादी र रसायनिक मल नचाहिने, दाना र पिठोबाट बन्ने सम्पुर्ण परिकार बनाउन मिल्ने पोसिलो र आडिलो खाध्य बालिको रुपमा लिन सकिन्छ । यसले खाध्य सुरक्षा र अर्थ तन्त्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको पाइन्छ । खाध्य सुरक्षा र पोषणमा बरदान चामलमा भन्दा क्याल्सियम ३५ गुणा र आइरन १५ गुणा बढी कोदोमा पोषण तत्व पाईने पोषण युक्त अनाज भएकोले मानवलाई चाहिने सन्तुलित पोषण तत्व कार्बाेहाइड्रेट कम र अन्य लवण, आइरन, क्याल्सीयम, फस्फोरस र अमिनोएसिड लगायतका तत्वहरु प्रसस्त पाइने, ग्यूटेक नहुने लेक्टीन नहुने र सवै उमेर समूहका रोगी व्यक्तिहरुले समेत उपयोग गर्न मिल्ने औषाधिय गुण भएको मानव...

हाम्रा आन्तरिक समस्याको अन्त्य गरेर सारा ध्यान मिसन ८४ मा लगाऔँ ः पूर्व मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगबती चौधरीले नेकपा एमालेको सारा पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताउँनु भएको छि । नेकपा एमाले दुहबी नगर कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउँनु भएको हो । नेकपा एमाले दुहबी नगर कमिटीका अध्यक्ष ताजिब हुनेसको अध्यक्षता तथा पूर्व मन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा मिसन ८४ लाई ध्यानमा राखेर गर्नुपर्ने कुराहरूलाई ध्यान दिनुपर्ने उहाँको भनाई रहेको थियो । ‘हामीभित्रको द्वेषहरूलाई अन्त्य गरेर सम्पूर्ण ध्यान बाह्य प्रतिस्पर्धामा लगाउनुस् । हामी बाह्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्न जाँदै छौँ भने हामीभित्रको आन्तरिक कुरालाई अन्त्य गरेर जानुपर्छ । सङ्गठनात्मक अवसरवाद र दक्षिणपन्थी अराजकतालाई ध्यान दिन आवश्यक छ ।’ सो अबशरमा चौधरीले बताउँनु भयो । पछि पार्टीमा जोडिएका नयाँ पुस्तालाई फरक व्यवहार ग...

चौतारा साँगाचोकगढी नपा१स्याउलेको उपलब्धीमुलक काम

#, कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ स्याउलेको आ ब २०८० ÷८१मा धेरै उपलब्धीमुलक काम गरेका जनाएको छ । वडा नं १का वडा अध्यक्ष युवलाल श्रेष्ठले यस बर्ष वडाको लेख डाँडामा एक घर एक खानेपानी सहीतको धारा व्यवस्थापन गर्न सफल भएको वडा कार्यलयको भवन निर्माण कार्य शुरु गर्नुका साथै राजस्व ७७३०६४रुपैया छयासी पैसा सकलन गर्न सकेकोमा मुख्य उपलब्धीको रुपमा लिइएको बताउँनु भयो । वडा अध्यक्ष श्रेष्ठले वडा नं १ चौतारा बजारका नजिकैको वडा भएको भएता पनी बिकासका हिसावले दुर्गम देखीने यो वडाको बिकासका लागी धेरै कामहरु ग्र्न बाँकी नै रहेको छ भन्नु भयो । उँहाले आब २०८०÷८१मा वडा कार्यलयबाट गन्साबाट गुन्साबाट ठुलो वन धोविखोला जाने सिढी निर्माण बदलाङ थापाटोल सिढी निर्माणको मुलाबारी लेखडाँडा गोरेटोबाटो सिढी निर्माणको ,डाँडागाउँ केराबारी सिढी निर्माण धिमे बाजा को व्यवस्था गरेको जस्तो महत्व पुर्ण काम ...

धुलिखेलद्वारा एक हजार आठ सयलाई रोजगारमूलक तालिम

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काभ्रेपलाञ्चोक, ११ साउन: धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेपछि युवाको आकर्षण बढ्न थालेको छ । नगरले वैदेशिक रोजगारयोग्य सीपमूलक तालिम एवं स्वरोजगारसहित उद्यमी बनाउन थालेपछि स्थानीयको आकर्षण बढ्न थालेको हो । नगरले युवालगायतका परिषद्मार्फत नियमित रुपमा विभिन्न तालिम प्रदान गर्दै आएको छ । हालसम्म एक हजार आठ सय ४० लाई सीपमूलक तालिम, पाँच सय ३० लाई स्वरोजगार उपलब्ध गराउनुका साथै एक सय ३० लाई उद्यमी बनाइसकेको छ । नगर रोजगार संयोजक सम्झना नेपालका अनुसार दुई सय ४० युवालाई वैदेशिक रोजगारयुक्त सीपमूलक तालिम प्रदान गरिएको छ । नगरप्रमुख अशोक ब्यञ्जुले युवालगायत परिषद् गठनगरी नगरले बेरोजगारीलाई रोजगार, सीप, उद्यामशीलता तथा क्षमता अभिवृद्धि तालिममा संलग्न गराई रोजगार उपलब्ध गराउने उद्देश्यले नियमित तालिम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार तालिम लिएकालाई पनि घर छाडेर ...

मीनराज बसन्तद्वारा अनुदित ‘पहेंलो छाता’ सार्वजनिक

जिबनशैली, मनोरन्जन, समाचार, साहित्य
काठमाडौं÷ प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेंलो छाता’ सार्वजनिक भएको छ । सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेंलो छाता’ सार्वजनिक गरिएको हो । स्रस्टाहरू भूपिन, डा. एकनारायण पौड्याल, डा. केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले कृति सार्वजनिक गर्नुभएको हो ।कृति सार्वजनिक गर्दै भूपिनले आफू उदय प्रकाशको लेखनको प्रशंसक भएको बताउँनु भयो । ‘मलाई उहाँका कृतिमध्ये र थुप्रै अन्य उत्कृष्ट कृतिमध्ये पिली छतरी वाली लडकी हो,’ उहाँले ‘यसलाई मीनराज बसन्तले नेपालीमा अनुवाद गरेर राम्रो काम गरेका छन् । यो ज्यादै खुसीको कुरा हो भन्नु भयो ।’पहेंलो छाता’मार्फत पाठकले उदय प्रकाशको समाजलाई हेर्ने दृष्टिकोण र बुझ्ने धारणा महसुस गर्ने सकिने उहाँको भनाइ रहेको थियो । ‘भारती उपमहाद्वीपको जुन जातीय र भाषिक मुद्दा छ...